स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मार्कामा
नौकुण्ड गाउँपालिकाको यार्सा स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज औषधि उपचार पाउन सकेका छैनन् ।
कोभिड–१९ सङ्क्रमणका कारण ज्वरो आउने, छाती दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा पारासिटामोल जस्ता सामान्य औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाएको स्थानीय नोर्बु लामाले बताउनु भयो ।
सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने भने पनि गाउँमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
नजिकै सामान्य औषधि किन्न पाउने ठाउँ पनि छैन । एक दिन लगाएर कालिकास्थान पुग्नुपर्ने बाध्यता रहेको स्थानीय च्याङबा लामाले बताउनुभयो ।
यार्सा स्वास्थ्य चौकीमा एक सातादेखि भाइरल ज्वरोका बिरामी बढेपछि दैनिक २०/२५ जना ज्वरो, टाउको दुख्ने समस्या लिएर सेवाग्राही स्वास्थ्य चौकी आउने गरे पनि अघिल्लो सातादेखि अधिकांश औषधि सकिएको यार्सा स्वास्थ्य चौकीका अहेब रामप्रसाद ढकालले बताउनुभयो ।
नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने केही अत्यावश्यक औषधिहरू स्टोरमा समेत सकिएको छ । पौडेलले औषधि खरिदको प्रक्रियामा रहेकोले केही दिनमा अभावको परिपुर्ति हुने बताउनुभयो ।
हेमनाथ खतविडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…