हाकु स्वास्थ्य चौकीमा औषधि अभाव
आमाछादिङमो गाउँपालिकाको हाकु स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।
ज्वरो आउने, छाति दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाएको स्थानीय सेते तामाङले बताउनुभयो ।
सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि निःशुल्क प्रदानगर्ने भनेपनि गाउँमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
नजिकै सामान्य औषधि पाउने ठाउँ पनि छैन एक दिन लगाएर सदरमुकाम धुन्चे पुग्नुपर्ने बाध्यता रहेको स्थानीय सेवाग्राही च्याङबा लामाले बताउनुभयो ।
चिसो बढेसँगै छाती दुख्ने, खोकी लाग्ने भएपछि मङ्सिर २२ गते स्वास्थ्य चौकी पुग्नु भएका लामाले पनि औषधि नभएपछि त्यसै फर्किएको बताउनु भयो ।
गत सातादेखि धेरै औषधिहरू सकिएकोले गाउँपालिकामा माग गरी पाएको हाकु स्वास्थ्य चौकीका अहेब सुनिल धौडेलले बताउनु भयो ।
उहाँले एक सातादेखि भाइरल ज्वरो तथा पखालाका बिरामी बढेपछि दैनिक २० देखि २५ जना ज्वरो, टाउको दुख्ने र पखालाका बिरामी स्वास्थ्य चौकी आउने गरे तापनि औषधि नभएर फर्काउनु परेको उहाँको भनाई छ ।
आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने केही अत्यावश्यक औषधिहरू स्टोरमा समेत सकिएर खरिदको प्रक्रियामा रहेकोले केही दिनमा औषधि अभावको परिपुर्ति नहुने बताउनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…