स्वास्थ्य बीमा गरेपनि सेवा नपाएको बीमितको गुनासो
सोलुदुधकुण्ड नगरपालिका–५ का ४३ वर्षीया दावा शेर्पाले स्वास्थ्य बीमा गराएपनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेकी छिन् ।
पेट दुख्ने र ज्वरोले सिकिस्त बनाएपछि उपचारका लागि पुस १७ गते जिल्ला अस्पताल फाप्लुमा पुग्दा औषधि तथा उपचार नपाएकोमा शेर्पाले गुनासो गरिन् ।
स्वास्थ्य बीमापछि बिरामी हुँदा ५० हजार रुपियाँ बराबरको औषधि उपचार पाउने भएपछि ०७४ फागुन २२ गते बीमा गराएपनि अस्पताल पुग्दा औषधि नपाएकोमा शेर्पाले चिन्ता ब्यक्त गरिन् ।
यस्तै स्वास्थ्य बीमा गरेबापत उपचार पाउने आशा बोकेका सोलुदुधकुण्ड नपा–११ की ४८ वर्षीय गोपाल कार्कीले स्वास्थ्य बीमा गराएपनि उपचार नपाएको बताए ।
एक सातासम्म शरीर सुन्निने भएपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा पुग्दा अस्पतालले सबै औषधि किन्न लगाएको पीडितको भनाई छ ।
औषधि खरिदका लागि अस्पताललाई भुक्तानी दिएको भएपनि औषधि खरिदमा ढिलाई हुँदा यो समस्या आएको बीमा बोर्ड सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले बताए ।
केही समयमा नै स्वास्थ्य बीमाको औषधि जिल्लामा आइपुग्ने जिल्ला अस्पताल फाप्लुका डा. मिङमार छिरी शेर्पाको भनाई छ ।
पासाङ्ग बम्जन तामाङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितलाई १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…