स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामीले पनि औषधि निशुल्क पाउँदैनन्
सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका बिरामीले पनि अस्पतालबाट निशुल्क औषधि पाउन छाडेका छन् ।
विगत ६ महिनादेखि नै अत्यावश्यक र महंगो औषधि पाउन छाडेको भक्तपुर अस्पतालमा उपचारका लागि आएका सूर्यविनायक नगरपालिका–८ सिपाडोलका शर्मिला लामाले गुनासो गर्नुभयो ।
बिमा सुविधाका कारण यहीँ अस्पतालमा उपचारको लागि आएको बताउदै उहाँले अस्पतालमा बिमाका सबै औषधि नपाउने भन्दै फर्काउने गर्दा बाहिर महंगोमा औषधि किन्नु परेको गुनासो गर्नु भयो ।
अस्पतालमा आएका बिमक ६७ वर्षीय रामबाहादुर थापा पनि आफूले खाने औषधि मध्ये आधा औषधि पाए पनि आधा औषधि सँधै किन्ने गरेको बताउनु भयो ।
अस्पतालमा लाइन बसे पनि औषधि पाउने बेलामा आधा मात्रै पाइने र आधा औषधि छैन भनेर फर्काउने गरेको उहाँको भनाइ छ ।
अस्पतालमा उपचारको लागि आउने बिरामीमध्ये दैनिक २ सयदेखि ३ सय जनासम्म बिमा स्वास्थ्य कार्यक्रमबाट उपलब्ध हुने औषधि लिन लाइन लाग्ने गर्छन् ।
चिकित्सकको अनुमतिमा औषधि लिन लामबद्ध भए पनि बिमाको औषधि सबै नपाइने बिरामीको गुनासो छ । अस्पतालको औषधि बिक्री कक्षमा कपिय औषधि आएको छैन, बाहिर लिनुस् भनेर फर्काउने गरेको भक्तपुर नगरपालिका–६ की आशामाया सुवाल पनि बताउनु हुन्छ ।
मध्यपुरथिमिको कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालको समस्या पनि उस्तै छ । चिकित्सकले दिएको प्रिप्क्रेसन लिएर बिमा कार्यक्रमको नियम अनुसार निशुल्क औषधि पाउन थाले पनि कहिले कुन औषधि छैन, कहिले कुन औषधि छैन भन्ने गरेको दुखेसो गर्नु हुन्छ मध्यपुरथिमि नगरपालिका–३ का रामप्रसाद प्रजापति ।
दुई वर्षदेखि यस अस्पतालमा बिमाको औषधि लिन थाले पनि सबै औषधि पाएको कुनै दिन नभएको उहाँ बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “मैले जति पटक जचाउन आउँदा पनि डाक्टरले लेखेको औषधि सबै लगेको कुनै दिन छैन, कुनै न कुनै औषधि छैन भनेर बाहिर किनाउछन् ।”
औषधि सप्लायर्सले आवश्यक औषधि पर्याप्त मात्रामा नल्याउँदा कतिपय औषधि कुनै बेला नपाइने गरेको अस्पतालको भनाइ छ । भक्तपुर अस्पतालको मुडिकल सुरिटेण्डेन्ट डा. सुमित्रा गौतमले औषधि नै नपाएर फर्काउने नगरेको बताउनु हुन्छ ।
कहिले काँही कुनै औषधि सकिएको हुनसक्ने भन्दै अर्को दिन आउँदा सरकारले तोकेको औषधि दिइने डाक्टर गौतम बताउनु हुन्छ ।
उहाँले कतिपय बिरामीलाई सरकारले तोकेको भन्दा फरक औषधि आवश्यक पर्ने अबस्थामा भने बिरामीले औषधि किन्नै पर्ने बताउनु हुन्छ ।
डाक्टर गौतमले कतिपय बिरामी अस्पतालको औषधि बिक्री कक्षमा नआई अस्पताल भित्रकै साझा औषधि पसलमा जाने गर्दा साझाले महंगोमा औषधि बिक्री गर्ने गरेको बताउनुभयो ।
साझाले बिमाका बिरामीलाई समेत भक्तपुर अस्पतालको फार्मेसीमा औषधि पाइदैन भनेर आफ्नोबाट बिमाका विरामीलाई औषधि बिक्री गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
डाक्टर गौतमले साझाको औषधि पसललाई भक्तपुर अस्पतालबाट बाहिर पठाउन खोज्दा वर्षौदेखि भाडासमेत नतिरि बसेको र बिमाका बिरामीसमेतलाई भड्काउने गरेको लाचारी व्यक्त गर्नु भयो ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. डिके रौशनले अस्पतालमा बिमाको औषधि कहिले काँही कुनै कुनै औषधि नपाइन सक्ने बताउनु हुन्छ । बिमाका बिरामीले सुबिधामा नपाइने औषधि पनि माग गर्दा भने छैन भन्नु पर्ने अबस्था रहने उहाँ बताउनु हुन्छ । अस्पतालमा आएका विरामी भने बिमा गराएपछि सरकारले आवश्यक सबै औषधि उपलब्ध गराउनु पर्ने माग गर्ने गरेको डाक्टर रोशनले बताउनु भयो ।
भक्तपुरको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा आउने मिर्गौलाका विरामी र भक्तपुर क्यान्सर अस्पतालमा आउने क्यान्सर रोगीका बिरामीले पनि बढी मूल्यका औषधि नपाउने गरेको गुनासो गरेका छन् । सरकारले मिर्गौला र क्यान्सर रोगीका लागि निःशुल्क औषधिको व्यवस्था नगरेको र बिमाले पनि औषधि उपलब्ध नगराउदा समस्या परेको देखिन्छ ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…