स्वास्थ्य बिमाको पहुँच बाहिर डोल्पाका नागरिक
डोल्पामा स्वास्थ्य बिमा अभिकर्ता नहुँदा जिल्लाका अधिकांश नागरिक स्वास्थ्य बिमाको पहुँचबाट बाहिर रहेका छन । आठ स्थानीय तह रहेको जिल्लामा बिमा अभिकर्ताहरूले काम गर्न छोडेपछि समस्या भएको जिल्ला स्वास्थ्य बिमा वोर्डका संयोजक राजन डाँगीले बताउनु भएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत स्वास्थ्य बिमा वोर्डका संयोजक डाँगीका अनुसार स्वास्थ्य बिमा गर्नेहरूमा महिला १ हजार ३ सय ७८, पुरुष १ हजार २ सय ८२ जना रहेका छन । हाल सम्म ६ सय ९४ घरधुरीका २ हजार ६ सय ६० जनाले मात्र बिमा गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
बिमित मध्ये ज्येष्ठ नागरिक महिलाको सङ्ख्या ६५ र पुरुषको सङ्ख्या ५२ रहेको छ । अति गरिवीको सङ्ख्या पुरुष ४ र महिला ३ जना छन । यसै गरी पूर्णरुपमा अशक्त घरपरिवारका पुरुष ३७ र महिला ३६ जनाले बिमा गर्नु भएको छ ।
महिला स्वास्थ्य स्वयमसेविकाका १ सय ३ परिवारलाई सरकारले ५० प्रतिशत बिमा गरिदिएका छ । बाँकीलाई सरकारले सतप्रतिशत बिमा गरेको स्वास्थ्य बिमा संयोजक डाँगीले बताउनु भयो । त्रिपुरासुन्दरी नगरपालिका–१ की ७६ वर्षीया पुना देवी न्यौपानेले आफ्नो अहिलेसम्म स्वास्थ्य बिमा नगरिएको बताउनु भयो ।
उहाले भन्नु भयो हामी ज्येष्ठनागरिकलाई स्वास्थ्य बिमा गरिन्छ रे मेरो पनि गर्नु पर्यो बाबु भनेर स्वास्थ्य केन्द्र त्रिपुराकोटका इन्चार्ज रमेश केसीलाई भन्यो तर बिमा गर्ने मान्छे नै छैनन् पो भने । आठ ओटा स्थानीय तह रहेको जिल्लामा सदरमुकाम दुनै आसपासका ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका केहि ज्येष्ठ पुरुष तथा महिलाहरूले बिमा गरेपनि अधिकांश पालिकाका नागरिकले स्वास्थ्य बिमा नगरेको जिल्ला स्वास्थ्य बिमा संयोजक डाँगीले जानकारी दिनु भयो ।
संघीयता लागुसँगै प्रत्येक पालिकाहरूमा स्वास्थ्य बिमा गराए बापत बिमितहरूको संख्याको प्रतिशतको आधारमा मात्र पारिश्रमिक पाउने गरी नियुक्ति गरिएका बिमा अभिकर्ताहरूले काम गर्न छाडेपछि समस्या भएको हो ।
त्रिपुरासुन्दरी नगरपालिकामा नियुक्ति पाउनु भएकी बिमा अभिकर्ता विवेचना गौतमले भनेको समयमा बिमितले बिमा नगरिदिने प्रत्येक वडामा जानु पर्ने तर पारिश्रमिक भनेको समयमा नपाइने भएपछि अभिकर्ता काम छाडेर शिक्षण पेशामा लागेको बताउनु भयो ।
स्वास्थ्य सेवा कार्यालयमा रहेको स्वास्थ्य बिमा बोर्ड अन्तरगत स्थायी संरचना नभएकाले स्वास्थ्य मन्त्रालयबाट काजमा एक जना र स्वाथ्य बिमा बोर्डबाट एक जना गरी दुई जना भएपनि एक जना दैलेखमा काजमा गएदेखि फिर्ता भएकाले पनि काममा समस्या भएको जनाइएको छ ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…