स्वास्थ्य चौकी स्थापना र सञ्चालन नहुँदा सेवाग्राही मार्कामा, औषधि किन्न ६ घण्टा पैदल हिड्नु पर्ने बाध्यता
जिल्लाको सबै भन्दा विकट क्षेत्र व्याँस गाउँपालिका–१ तिंकरमा स्वास्थ्य चौकी नभएका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।
त्रिदेशीय नाका समेत रहेको तिंकरमा स्वास्थ्य चौकी नहुँदा स्थानीय औषधि लिनकै लागि ६ घण्टा हिडेर छाङ्गरु आउनु पर्ने बाध्यता छ ।
छाङ्गरुमा स्वास्थ्य चौकी छ । तर, छाङ्गरुबाट तिंकर आउन र जान ६ घण्टा बढी समय लाग्छ, तिंकरका स्थानीय प्रल्हाद तिंकरीले भन्नु भयो, चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा अहिलेसम्म राज्यको ध्यान पुगेको छैन् । समुद्री सतहबाट ३ हजार २ सय मिटर उचाइमा तिंकर छ ।
तिंकर गाउँमा ६५ घरधुरीको बसोबास रहेको छ । यो भन्दा माथि गाउँ छैन् । तिंकरकै छायालेकमा नेपाल प्रहरी पनि छ । तर, नजिक स्वास्थ्य संस्था नहुँदा स्थानीय र सुरक्षाकर्मी विरामी हुँदा समस्या हुने गर्दछ । प्रहरी र स्थानीयले खलंगाबाटै औषधि लिएर खानु पर्ने बाध्यता रहेको छ ।
औषधि समेत राज्यबाट नपाउँदा हरेक वर्ष स्थानीयले ६ महिना गाउँमा बस्दा सास्ती भोग्नु परेको स्थानीय दानसिह तिंकरीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘सीमामा पनि नागरिक छन भन्ने दृष्टिकोण राज्यले पञ्चायतकालदेखि नै बनाएन् । हिमाली क्षेत्रमा बस्ने हामीलाई धन्न अहिलेसम्म केही भएको छैन् । विरामी भयो भने बाँच्न सकिने अवस्था छैन् ।’
संविधानले हरेक नागरिकलाई निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा पाउने हकको व्यवस्था गरेको भएपनि उच्च भूभागमा बस्ने तिंकरबासी स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएको पाइएको छ ।
तिंकरी भन्नु हुन्छ, तिंकरबाटै सामान्य औषधि लिन छांगरु झर्नु पर्छ । छांगरुमा औषधि नपाएपछि नेपालतिर आउन पाँच दिन पैदल हिड्नु पर्छ । नेपालतिर भएर आउन घोरेटो बाटो समेत छैन् । भारतले अनुमति दिए मात्रै भारतीय सडकको प्रयोग गर्न सकिन्छ ।
अहिले छांगरुमा अहेव विक्रम शाहु लगायत चार जना स्वास्थ्यकर्मी छन् । स्थानीय सरकारले समेत तिंकर गाउँमा स्वास्थ्यकर्मी खटाउने बारे अहिलेसम्म केही निर्णय नगरेको गाउँपालिका स्वास्थ्य संयोजक चन्द्रसिह कुँवरले बताउनु भयो । अहिले तिंकका नागरिक छांगरु मै आएर सेवा लिन्छन्, उहाँले भन्नु भयो, अहिले हामीले तिंकरमा छांगरुबाटै स्वास्थ्यकर्मी अस्थायी रुपमा खटाउने सोच बनाएका छौँ ।
व्याँस गाउँपालिका वडा नम्बर १ का वडा सचिव विनोदसिंह बुढाथोकीले गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट तिंकरमा स्वास्थ्य भवन बनाइएको भएपनि बजेट फ्रिज हुँदा निर्माण कार्य अधुरै रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘यस क्षेत्रमा निर्माण व्यवसायीले दुई / तिन महिना मात्रै काम गर्न पाउँछन् । बजेट फ्रिज भएपछि अहिले निर्माणाधीन स्वास्थ्य चौकी भवन प्रयोग गर्न पाइएको छैन् । यो वर्ष गाउँपालिकासँग स्वास्थ्य चौकी भवन निर्माणको लागि बजेट र स्वास्थ्यकर्मी माग गरिएको छ ।’
व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिह धामीले अहिलेसम्म राज्यले यहाँका नागरिकलाई स्वास्थ्य सेवाको हक प्रत्याभूत गर्न नसकेको हुँदा यो वर्ष तिंकरमा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्यकर्मी खटाइ सेवा सुरु गर्ने बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…