स्वास्थ्य चौकी भवन सुरक्षित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
आठराई त्रिवेणी गाँउपालिका-३ हाङपाङका स्थानीयले संविधानले मौलिक हकका रूपमा स्वास्थ्यलाई व्याख्या गरे जस्तो गरी स्वास्थ्य सेवा लिन पाएका छैनन् ।
हाङपाङ-३ का २९ वर्षीय अशोक आङवुहाङले सुरक्षित र व्यवस्थित स्वास्थ्य चौकीको भवन नहुँदा परिवार नियोजनका साधन लिने दिनेदेखि परामर्शका लागि असहज हुने गरेको गुनासो गरे ।
उनले भने-'पुरूषलाई भन्दा महिलाहरूलाई अझ समस्या छ । सुरक्षित कोठा नहुँदा सबैले देख्ने गरी परिवार नियोजनका साधन लिने र परामर्श लिनुपर्दा महिलाहरू चाहेर पनि परिवार नियोजन साधन र परामर्श नलिई फर्कने गरेका छन् ।'
सोही गाउँपालिका-३ की २६ वर्षीय आइतमाया फागोले परिवार नियोजनका विषयमा परामर्श लिन स्वास्थ्य चौकी जाँदा असहज वातावरण भएकाले दुई/चार पटक यत्तिकै फर्कनु परेको गुनासो गरिन् ।
गाँउपालिकामा स्वास्थ्य चौकी भवन जीर्ण र कोठा अभाव भएपछि नयाँ भवन निर्माणका लागि प्रक्रिया अघि बढेको ६ वर्ष भएको छ ।
दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएपनि ६ वर्षपुग्दा समेत स्वास्थ्य चौकी भवन निर्माण हुन सकेको छैन ।
ठेकेदारको लापरवाहीले सुरक्षित र व्यवस्थित भवन निर्माण नहुँदा सेवाग्राही भने मर्कामा पर्दै आएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुर्यमान याक्सोले व्यवस्थित कोठा नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए ।
उनले भने-'चेकजाँच कक्ष, औषधि वितरण कोठा, सेवाग्राही बस्नका लागि कोठा अभाव छ । सेवाग्राहीको समस्या अरूलाई पनि थाहा हुने डरले सेवा प्रभावकारितामा नै प्रश्न उब्जिएको छ ।'
गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले ठेकेदारलाई निर्माण सम्पन्न गर्न पटकपटक ताकेता गरेको बताए ।
अध्यक्ष सिटौलाले भने-'स्वास्थ्य चौकी भवन गाउँपालिकाको प्रतिष्ठासँग जोडिएको छ । ५ ओटा वडाबासीलाई सेवा प्रवाह गर्ने चौकी हो । जति चाँडो सम्पन्न गर्न हामीले घच्घच्याइरहेका छौँ ।'
निर्माण सुरू भएको २ वर्षमा पुरा गर्नुपर्ने सम्झौता थियो । तर, ६ वर्ष बितिसक्यो कहिले सम्पन्न हुने टुङ्गो छैन ।
योजनाको सम्झौता ०७१ कात्तिक २५ गते भएको थियो । निर्माण काम ०७२ देखि सुरू गरिएको थियो ।
हिमालयन विलर्डस प्रालि जोरपाटी काठमाडौँ र कविर कन्ट्रक्सन प्रालि काठमाडौँले (जेभी) ठेक्का पारेको थियो ।
हाङपाङ स्वास्थ्य चौकी भवनको २ करोड ९५ लाख रुपियाँको ठेक्का स्वीकृत भएको थियो ।
प्रालिका सञ्चालक किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए ।
कार्की तेह्रथुम सदरमुकामस्थित सिंहवाहिनी उच्च माविमा कार्यरत शिक्षक समेत हुन् । कार्कीले तेह्रथुम इसिबु निवासी डिल्ली फम्बोलाई निर्माण कार्यको रेखदेख तथा कामदार परिचालनको जिम्मेवारी दिएको थियो । तर, अहिले न कार्की न फम्बो दुवै जना निर्माणस्थलमा छैनन् ।
नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ ।
सोही धाराको उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी उपधारा (२) मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हकको व्यवस्था छ ।
देवराज गुरूङ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…