स्वास्थ्य चौकी भवन नहुँदा सेवाग्राही मर्कामा, दुई वर्षमा पुरा गर्नुपर्ने भवन ६ वर्षसम्म अधुरै

आठराई त्रिवेणी गाउँपालिका–४ स्थित चाँगेमा स्वास्थ्य चौकी भवन अभावमा सेवाग्राही मर्कामा परेका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीका लागि कक्ष, बिरामी चेकजाँच कक्ष, औषधि तथा उपकरण व्यवस्थापनमा समेत कठिन बनेको छ ।

भाडाको कोठामा राखिएको कार्यालयमा भएका उपकरण व्यवस्थापन तथा सेवा प्रवाह गर्ने क्रममा समस्या हुने गरेको छ ।

स्थानीयबासी तथा मानव अधिकारकर्मी शान्ता आङबुहाङका अनुसार पुरूषको तुलनामा महिला सेवाग्राहीले असहज महसुस गर्ने गरेका छन् ।

आङबुहाङले भनिन्–‘स्वास्थ्य चेकजाँचका क्रममा बाहिर छ्याङ्गै देखिने कोठा छ । अनि चेकजाँच गर्न कसरी सम्भव हुन्छ ?’

गाउँपालिकाका स्वास्थ्य शाखा इञ्चार्ज सुर्यमान याक्सोका अनुसार सेवाग्राहीले मात्र होइन स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह गर्न सहज छैन ।

आफ्नो स्वास्थ्यबारे आफू र स्वास्थ्यकर्मी तथा आवश्यकताबमोजिम परिवार बाहेकले थाहा नपाउने आभास हुने गरी सेवाप्रवाह हुनुपर्ने स्थानिबासी तथा शिक्षक अशोक आङबुहाङको बुझाई छ ।

आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष मन्जु पौडेल भट्टराईका अनुसार यो आर्थिक वर्षभित्र भवन निर्माण पुरा गरिनेछ ।

उनले भनिन्–“भवन अभावमा सेवाग्राहीले खेप्नुपरेको समस्या बारे जानकार छु । अझ म महिला भएकाले पनि महिलाले भोग्नुपरेको समस्याप्रति निकै चनानखो छु ।”

गाउँपालिकामा ठेकेदारको चरम लापरवाहीले दुई ओटा स्वास्थ्य चौकी भवन अलपत्र छन् । गाउँपालिकाको वडा नं.–३ र ४ को हाङपाङ र चाँगेमा भवन अलपत्र बनेका हुन् ।

निर्माण सुरू भएको दुई वर्षमा पुरा गर्नुपर्ने सम्झौता थियो । तर, ६ वर्ष बितिसक्यो कहिले सम्पन्न हुने टुङ्गो छैन ।

दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो । निर्माण काम २०७२ देखि सुरू गरिएको थियो । हिमालयन विलर्डस प्रालि जोरपाटी काठमाडौँ र कविर कन्ट्रक्सन प्रालि काठमाडौँले (जेभी) ठेक्का पारेको थियो ।

हाङपाङ स्वास्थ्य चौकी भवनको २ करोड ९५ लाख र चाँगे स्वास्थ्य चौकीको १ करोड ९१ लाखको ठेक्का थियो ।

प्रालिका सञ्चालक किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए । कार्की तेह्रथुम सदरमुकामस्थित सिंहवाहिनी उच्च माविमा कार्यरत शिक्षक समेत हुन् ।

कार्कीले तेह्रथुम इसिबु निवासी डिल्ली फम्बोलाई निर्माण कार्यको रेखदेख तथा कामदार परिचालनको जिम्मेवारी दिएको थियो । तर, अहिले न कार्की न फम्बो दुवै जना निर्माणस्थलमा छैनन् ।

tfKn]h'ªsf] cf7/fO lqa]0fL ufp“kflnsf $ rf“u]sf] ejg . @)&! sflt{sdf 7]Ssfdf nfu]sf] ejg &# a}zfvdf ;lsg'kg]{ lyof] . t/ @)&% k'if ;Ddklg ;lsg] 5f“6 5}g . tl:j/ M cfgGb uf}td ÷ sflGtk'/


देवराज गुरूङ