स्वास्थ्य चौकी भवन अलपत्र, स्वास्थ्य सेवा प्रवाहमा समस्या

  ०८१ जेठ ३१ गते

रसुवामा चार वर्षदेखि निर्माणाधीन चारवटा स्वास्थ्य चौकी भवन निर्माण कम्पनीले अलपत्र अवस्थामा राखेका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ । निर्माण कम्पनीले  निर्धारित समयमा भवन निर्माण नगर्दा  सेवा प्रवाहमा समस्यामा परेको हो ।

उत्तरगया गाउँपालिका–३ को ठूलोगाउँ आमाछोदिङमो गाउँपालिका–१ को हाकु गोसाइकुण्ड गाउँपालिका–५ को स्याफ्रुबेशी स्वास्थ्य चौकी निर्माण थालेको कम्पनीले दुई  वर्षदेखि काम अधुरो छाडेर भागे पछि अलपत्र अवस्थामा रहेको छ । यसैगरी, हाकुमा निर्माणधीन स्वास्थ्य चौकीको ढलान गर्न बाँकी रहेको र पुरानो प्रिफ्याव भवनबाट सेवा दिन समस्या भएको छ ।

स्याफ्रुबेशी स्वास्थ्यचौकी भवन निर्माण अलपत्र छाडेर कन्ट्याक्टर कम्पनी सम्पर्कमा नभएको गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनु भयो ।

सम्झौता भएको चारवर्ष ८० प्रतिशत काम गरेको छ । भवनकमा रङ, शौचालय, विद्युत वायरिङ, मार्बल जस्ता काम बाँकी रहेको छ । “जिम्मेवार निर्माण व्यवसायी ६ महिनादेखि सम्पर्कमा छैनन् ।  गतवर्ष २/४ दिन काम गरेको देखिन्थ्यो ।” गतवर्ष म्याद थपे पनि अझै काम सम्पन्न नभएको घिमिरे बताउनु भयो ।

ठूलोगाउँ स्वास्थ्यचौकी भवन ०७७ सालमा बनाउन सुरू भए पनि दुई वर्षदेखि अधुरो रहेको छ । स्वास्थ्य चौकीका सिअहेब कृष्ण भण्डारीले बताउनु भयो । “पुरोन भवनबाट दैनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्न निकै कठिन भइरहेको छ ।” कृष्ण भण्डारीले भन्नु भयो ।

आफूले प्रमुख जिल्ला अधिकारी समक्ष समेत गुनासो गरेको कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङले बताउनु भयो । धेरै ठाउँमा ठेक्का पारेरको तर सवै ठाउँमा काम अलपत्र तामाङले बताउनु भयो । चारवर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्य चौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ, शौचालय निर्माणलगायतको काम अलपत्र रहेको छ  ।

समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेलगायतका प्रक्रिया अघि बढाउनु पर्ने सरोकारवालाहरूको माग छ ।

कन्ट्याक्टर कम्पनीले ढिलाइ गरेको तर एक पटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडेर कालोसूचिमा राखिने कालिका गाउँपालका– १ का वडा अध्यक्ष दावा तामाङले बताउनु भयो ।


हेमनाथ खतिवडा