स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीयबासीको गुनासो
लिमी स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् ।
उक्त स्वास्थ्य चौकी १५ वर्षघि स्थापना भएपनि स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको लिमी गाविसका पुर्व अध्यक्ष कोजु अङ्कर तामाङले बताए । उक्त स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल तीन जनामात्र कार्यरत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. स्मृति महतले बताइन् ।
स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल लगायतका औषधि नहुँदा लिमीका स्थानीयबासी स्वास्थ्य सेवाबाट प्रभावित भएका छन् । जनस्वास्थ्य प्रमुख महतले दरबन्दी अनुसार स्वास्थ्यकर्मीका लागि विभागमा माग गरिएको बताउँदै थप औषधि तत्काल पठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाल सरकारले ४२ किसिमका औषधि स्वास्थ्य चौकीमा उपलब्ध गराउने प्रावधान रहेको भएपनि पुरा हुन नसकेको स्थानीयबासी बताउँछन् ।
औषधि गाउँमा नपुग्दै बीचमा गायव हुने गरेको स्थानीयबासीले आरोप लगाएका छन् । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नभएपछि हालै उक्त गाविसका पाँच जना बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम ल्याइएको छ ।
सदरमुकामदेखि टाढा रहेको र सम्बन्धित निकायको अनुगमन नहुँदा गाउँ विकास समितिको कार्यालयबाट प्रदान गरिने अन्य सेवासमेत स्थानीयबासीले नपाएको गाविसका पुर्व अध्यक्ष तामाङ्ले आरोप लगाए ।
उनका अनुसार लिमीमा स्वास्थ्य, शिक्षा, पशु र कृषि कार्यालयबाट प्रदान गरिने सेवा स्थानीयबासीले पाएका छैनन ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…