स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव
बाजुराका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव भएको छ । पहिलो चौमासिकमा अउनु पर्ने औषधिसमेत नआउँदा समस्या भएको हो । स्वास्थ्य चौकीबाट पाइने निशुल्क औषधिको लागि बिरमीहरूलाई मेडिकलमा पठाउनु पर्ने भएको कोटीला स्वास्थ्य चौकीका इञ्चार्ज जसीराम शाहानीले बताए ।
उनले स्वास्थ्य चौकीमा समान्य जीङ्क चक्की, जीवनजल, सलाईन, स्टेचरलगायतका औषधि नभएको बताए ।
‘पहिलो चौमासिकमा आउनु पर्ने औषधिसमेत प्राथामिक स्वास्थ्य चौकी कोल्टीबाट आएको छैन ।’–उनले भने ।
त्यस्तै स्वास्थ्य चौकीमा दरबन्दी अनुसार कर्मचारी नहुँदा समस्या भएको छ । गाउँघर क्लिनिकदेखि गर्भवती चेक जाँचमासमेत समस्या भएको कोटीला स्वास्थ्य चौकी इञ्चार्ज जसीराम शाहानीले बताए । स्वास्थ्य चौकीमा दुई जना अनमी, दुई जना अहेव र एक इञ्चार्ज हुनु पर्ने भएपनि तीन जनाले काम चलाएको शाहानीले बताए ।
गाविसका नौ ओटै वडाहरुमा स्टेचरको आवश्यकता भएपनि गाविसभरमा दुई ओटा मात्र छन् । स्टेचर अभावका कारण सुत्केरी महिला र इमरजेन्सी बिरामीको लागि समस्या भइरहेको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार दैनिक ५०/६० जना बिरामी सेवा लिन आउने गरेका छन् ।
नेपाल सरकारले जिल्ला स्वस्थ्य कार्यलयमा ७० प्रकार र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भनेपनि कार्यन्ययनमा भने औषधिको अभाव रहेको छ ।
पदम सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…