स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिला चौरमा सुत्केरी
तातोपानी गाविस-५ डाँगीवाडाकी ३२ वर्षीया विनासी डाँगीलाई सुरक्षित प्रसुति सेवाका लागि साउन २३ गते स्वास्थ्य चौकीमा पुर्याइएपनि तातोपानी गाविसस्थित स्वास्थ्य चौकी र उक्त स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बाहिर खुलाचौरमा सुत्केरी भएकी छन् ।
सुत्केरी ब्यथाले च्यापेपछि डिाँगीका आफन्तले घरदेखि करिब एक किलोमिटर टाढा रहेको स्वास्थ्य चौकीमा भएको बर्थिङ सेन्टरसम्म दिउँसो २ बजे पुर्याएको बताए ।
तर, स्वास्थ्य चौकी बन्द रहेको र वर्थिङ सेन्टरमा कुनै स्वास्थ्यकर्मी नभएकोले उनलाई त्यहीँको चौरमा सुत्केरी भएको विनासीका आफन्त खड्कबहादुर डाँगीले बताए ।
स्वास्थ्य चौकी वरपरका गाँउमा स्वास्थ्यकर्मीलाई खोज्दा कसैलाई नभेटेपछि सुत्केरीलाई सुरक्षित रूपमा घर फर्काइएको खड्कबहादुरको भनाइ छ । बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तजनको भनाइ छ ।
संविधानको मौलिक हक अन्तरगत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने उल्लेख गरिएको भएपनि विनासी सेवाबाट वञ्चित हुनुपरेको डाँगीले बताए ।
निमित्त जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगीले वर्थिङ सेन्टरमा अनिवार्य स्वास्थ्यकर्मी हुनु पर्ने कुरा बताए । उनले भने-'यस विषयमा के भएको हो ? कर्मचारीले किन कार्यालय बन्द गरेर बसेका हुन् तत्काल वर्थिङ सेन्टरमा सम्पर्क गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछु ।'
उक्त स्वास्थ्य चौकीमा दरवन्दी अनुसार एक जना एचए, दुई जना अहेव, दुई जना अनमी र एक जना कार्यालय सहयोगी गरी ६ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै…
तालाबन्दीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि ठप्प
भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ । सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ…
पत्नीको हत्या, हत्यापछि पतिद्वारा आत्महत्याको प्रयास
महालक्ष्मी नगरपालिका-१ कटहरेकी २६ वर्षीया सरिता दर्जीको २९ वर्षीय पति विजय दर्जीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि विजयले समेत आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी…