स्वास्थ्य चौकीमा विद्युत सेवा नहुँदा उपचारमा समस्या
भूमे गाउँपालिका-३ मोराबाङ स्वास्थ्य चौकी सीमामा विद्युत सेवा नहुँदा उपचारमा समस्या भएको छ । ०७५ माघ महिनाबाट तुनबाङ लघु जलविद्युत आयोजना सीमाको नहरबाट पावर हाउसमा पुर्याइको मुख्य पाइप फुटेपछि मोराबाङ स्वास्थ्य चौकीमा विद्युत सेवा अवरूद्ध भएको हो ।
गत वर्ष ३२ किलोवाट क्षमताको तुनबाङ खोला लघु जलविद्युत आयोजनाको नहर देखि पावर हाउसमा पुर्याइएको पाइप फुटेपछि विद्युत सेवा अवरुद्ध भएकोले सीमा गाउँसँगै मुख्य मोराबाङ स्वास्थ्य चौकी सीमामा समस्या भएको वडाध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिलमान रोकाले बताउनु भयो ।
गत वर्ष पाइप खरिद गर्नको लागि बजेट नभएकाले समस्या समाधान गर्न नकिएकोमा यस आर्थिक वर्षमा वडाले पाइप खरिदको लागि तीन लाख रुपियाँ बजेट विनियोजन गरेकोले दोस्रो चौमासिकमै पाइप खरिद गरी विद्युत सुचारू गरिने वडाध्यक्ष रोकाले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा २४ घण्टा विद्युतको सेवा हुनु पर्नेमा विद्युत नहुँदा स्वास्थ्य उपचारमा समस्या भइरहेको मोराबाङ स्वास्थ्य चौकी सीमाका इञ्चार्ज विवेक केसीले बताउनु भयो । ड्रेसिङ र प्रसूति सेवाका औजारलाई निर्मलीकरण गर्नको लागि समस्या भएको इञ्चार्ज केसीले जानकारी दिनुभयो ।
रातीको समयमा टर्चको प्रयोग प्रसूति गराइन्छ भने । सुत्केरी आमा एवम् अन्य बिरामीलाई तातोको लागि आगो बालेर सेवा दिइराख्नु परेको स्वास्थ्य चौकीले जनाएको छ ।
जयमान बुढा मगर
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायको कानुन संशोधनका सम्बन्धमा द्वन्द्वपीडितद्वारा १६ बुँदे घोषणापत्र जारी
सङ्क्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा द्वन्द्वपीडितहरूले १६ बुँदे घोषणापत्र जारी गरेका छन् । काठमाडौँमा चैत १० गते आयोजित द्वन्द्वपीडितहरूको राष्ट्रिय परामर्शद्वारा पारित घोषणापत्रमा सङ्क्रमणकालीन न्यायको विषयलाई निश्कर्षमा पुर्याउने…
बालकलाई चार वर्ष आठ महिना कैद
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५०…
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकियो
जुम्लामा बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही गाउँपालिका –३…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…