स्वास्थ्य चौकीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तीन महिनादेखि नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ०७३ पुस महिनादेखि नहुँदा कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको स्थानीयबासीले बताएका छन् ।
स्वास्थ्य चौकीमा एचए, अनमी, अहेब, ग्रामीण स्वास्थ्य कार्यकर्ता र मासिकासमेत पाँच जनाको दरबन्दी रहको भएपनि हाल कार्यालय सहयोगीले उक्त स्वास्थ्य चौकी खोल्ने र बन्द गर्ने गरेको र्सर्केगाड गाउँपालिका-२ का ओमप्रकाश जैसीले बताए ।
स्वास्थ्य चौकीमा औषधि भएपनि औषधि चिनेर दिने स्वास्थ्यकर्मी नहुँदा बिरामी रित्तो हात घर फर्कन बाध्य भएको स्थानीयबासीले आरोप लगाएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख ध्रुव सिंहले आफूलाई सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको विषयमा कुनै जानकारी नआएको बताउँदै यस विषयमा बुझ्ने प्रतिक्रिया दिए ।
उक्त स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी नभएपछि दुई दिनको पैदल बाटो हिँडेर सेवाग्राही उपचारका लागि जिल्ला सदरमुकाम जाने गरेका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…