स्वास्थ्य चौकीमा जनशक्ति नहुँदा विरामी उपचार पाउनबाट वञ्चित
स्थानीय तह पुर्नसंरचना पछि अपि हिमाल गाउँपालिकामा खटाइएका स्वास्थ्यकर्मी एक महिना हुँदासम्म गाउँपालिकामा पुगेका छैनन् । गत साउन १ गतेबाट कार्यालयमा हाजिर हुने गरी खटाइएका स्वास्थ्यकर्मी गाउँपालिका नपुगेका हुन् ।
अपि हिमाल गाउँपालिकाको लागि संयोजक बनाएर पठाइएका गोकुलेश्वर अस्पतालका जनस्वास्थ्य निरीक्षक भानदेव जोशी सम्पर्कमा नै नभएको आरोप छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटाइएका जोशी अहिलेसम्म गाउँपालिका कार्यालय नपुगेका हुन् । जोशी अहिले पनि गोकुलेश्वर अस्पतालमै रहेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।
यस्तै सहायक कर्मचारीको रूपमा घुसा स्वास्थ्य चौकीबाट खटाइएको हेल्थ असिस्टेण्ट उमेश यादव एक दिन मात्रै गाउँपालिकामा हाजिर भएका छन् । साउन १ गते हाजिरमा चिनो लगाएर यादव सम्पर्क विहीन छन् । अपि हिमाल गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत लक्ष्मणसिंह धामीका अुनसार यादवले एक दिन हाजिर गएर गएपछि सम्पर्कमा आएका छैनन् । कुनै काज विदा नजनाएरै यादवले गाउँपालिका छोडेका हुन् ।
यादव घर गएर साउन २६ गते घुसा स्वास्थ्य चौकी पुगेपनि गाउँपालिकामा सम्पर्क गरेका छैनन् । यादव साउन ३१ गते मार्मा गाउँपालिकामा हुने भनिएको क्षय कुष्ठरोगसम्बन्धी त्रैमासिक गोष्ठीमा गएको स्वास्थ्य चौकीले घुसाले जनाएको छ । उनीसँगै घुसा स्वास्थ्य चौकीमा काजमा कार्यरत अहेब मोहनदेव जोशी पनि गोष्ठीमै लटिनाथ आएका छन् ।
एउटै गोष्ठीमा दुई जना स्वास्थ्यकर्मी आएको बताइएपनि जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले भने गोष्ठीमा हेल्थ असिष्टेण्ट यादव नआएको जनायो । जिल्ला जनस्वास्थ्य अधिकृत शिवराज सुनारले घुसा स्वास्थ्य चौकीबाट जोशीमात्रै तालिममा सहभागी भएको जानकारी दिए । यादव अहिलेसम्म कसैको सम्पर्कमा छैनन् । हेअ यादव यसअघि पनि पटकपटक मनोमानी ढङ्गले विदामा जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 'यस पटक पनि गाउँपालिकामा जानकारी नगराएरै बाहिर गएको देखिएको छ ।'-सुनारले भने-'यादवलाई कारबाही गर्ने नगर्ने अधिकार गाउँपालिकाको हो ।'
स्वास्थ्य मन्त्रालयले देशभर परिपत्र गर्दै काज विदामा गएका कर्मचारीलाई १२ घण्टा भित्र कार्यालयमा हाजिर हुन पत्रचार गरेको छ । तर, जिल्लाका अधिकांश कर्मचारी काज र विदामा गएका छन् । साउन ३० गते मात्र जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले सबै स्वास्थ्यकर्मीहरूले सम्बन्धित कार्यालयमा हाजिर भएर घरघरमा पानी सुद्धिकरणको लागि पियुस वितरण तथा बिरामीको रेखदेख गर्न निर्देश गरेको छ ।
अहिले जिल्लाभरी भाइरल प्रकोप बढी रहेको बेला अपि हिमाल गाउँपालिकाको स्वास्थ्य चौकी घुसामा स्वास्थ्यकर्मी नै छैनन् । स्वास्थ्य चौकी घुसामा ६ जनाको दरबन्दी भएपनि साउन ३१ गते एक जना स्वास्थ्यकर्मी समेत कार्यालयमा नभेटिएको अपि हिमाल गाउँपालिका स्थानीय रुकमणी जागरीले आरोप लगाइन् । बिरामी स्वास्थ्य चौकी पुगेर त्यसै घर फर्कन बाध्य भएको उनको आरोप छ । भाइरलका बिरामी दिनभर स्वास्थ्य चौकीसम्म पुगेपनि औषधि नपाएरै फर्किएका हुन् ।
कार्यालयमा कार्यरत हेअ उमेश कुमार यादव, अहे मोहनदेव जोशी तालिममा गएको बताइएको छ । यस्तै एक जना अहेब घुसामा रिक्त छ । दुई जना अनमी रहेकोमा विजया तामाङ आफै बिरामी भएर स्वास्थ्य चौकीमा हाजिर हुन नसकेको बताइएको छ । घुसामै भएपनि उनी बिरामी भएका कारण स्वास्थ्य चौकीसम्म जान नसकेकी हुन् । यस्तै अनमी लालु रोकाया लामो समयदेखि तालिममा खटिएकी छन् । साविकको गाविसले नियुक्त गरेका अनमी पार्वती जागरी परीक्षा दिन भन्दै धनगढी गएकी छन् । स्वास्थ्य चौकी घुसामा कार्यरत कार्यालय सहयोगी धर्मदेव भट्ट काजमा खोप सेन्टर पारिबगरमा बस्दै आएका छन् ।
जनस्वास्थ्य अधिकृत सुनारले कर्मचारी खटनपटन गर्ने अधिकार गाउँपालिकामा गइसकेको भन्दै गाउँपालिकाले निगरानी गर्नुपर्ने बताए । 'मन्त्रालय र क्षेत्रीय निर्देशन अनुसार हामी पनि कर्मचारी फिल्डमा भए नभएको बारे जानकारी लिने काम गरिरहेका छौँ ।'-उनले भने ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…