स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा सेवाग्राही मार्कामा
लेकम गाउँपालिका–२ गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा सेवाग्राहीहरु मार्कामा परेका छन् ।
बर्थिङ सेन्टर र ल्याब समेत सञ्चालनमा रहेको सर्मोली स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि विरामी तथा सुत्केरीलाई समस्या भएको हो ।
कौवाटा खानेपानी आयोजनाबाट एक पटक स्वास्थ्य चौकीमा खानेपानी पुर्याको भएपनि हाल खानेपानी अवरुद्ध भएपछि स्वास्थ्य चौकीमा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको स्वास्थ्य चौकी इन्चार्ज हर्कबहादुर पालले बताउनु भयो ।
खानेपानी आयोजनाको मुहान स्वास्थ्य चौकी भन्दा टाढा रहेको र पाइपलाइन बिच्छ्याइएको ठाउँहरु भिरपाँखा भएकाले खानेपानी आयोजनामा पटकपटक अवरुद्ध हुने हुँदा समस्या भएको स्वास्थ्य चौकी इन्चार्ज पालको भनाइ रहेको छ ।
विरामी र सुत्केरी हुन आउनेहरुका लागि पानी नहुँदा धेरै समस्या भएको स्थानीय मञ्जु कार्कीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘पानी नभए सरसफाई कसरी गर्नु । शौचालय जान र सफाइ गर्न समेत पानी छैन् ।’ स्वास्थ्य चौकी आउने सेवाग्राहीले घरबाटै पानी ल्याउनु पर्ने बाध्यता छ ।’
स्वास्थ्य चौकीमा पानीको व्यवस्था नभएपछि महिलाहरुले सबै भन्दा बढी सास्ती खेप्नु परेको स्थानीय पार्वती जोशीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘सरकारी स्वास्थ्य संस्थामा समेत पानी नहुँदा महिलाहरुलाई समस्या छ । बच्चा पाउन बर्थिङ सेन्टरमा जानै पर्यो । त्यहाँ समेत पानी छैन् । पानीको बारेमा स्वास्थ्य चौकीलाई पटकपटक गुनासो गर्दा पनि समाधान भएको छैन् ।’
स्वास्थ्य चौकीमा भएको खानेपानी समस्या समाधानको लागि पहल भइरहेको लेकम गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शिवराज जोशीले बताउनु भयो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका जोशीले खानेपानीको पाइप जडान गरेर पानी ल्याउने तयारी भइरहेको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…