स्वास्थ्य चौकीमा औषधि अभाव बिरामी मर्कामा
सदरमुकाम सिमकोटबाट एक दिन पैदल यात्रामा पुगिने खार्पुनाथ गाउँपालिका-३ स्थित राया स्वास्थ्य चौकीमा जेठ १० गतेबाट औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट आउनु पर्ने औषधि नआएपछि स्वास्थ्य चौकीमा औषधि अभाव भएको बताइएको छ ।
झाडापखाला लागेका बिरामीलाई दिइने औषधि स्वास्थ्य चौकीमा नभएपछि खार्पुनाथ गाउँपालिका-३ का ३५ वर्षीय हर्क बुढालाई सोही गाउँपालिका-४ स्थित छिप्रा स्वास्थ्य चौकीमा करिब तीन घण्टाको पैदल बाटो बोकेर औषधि गर्न लगिएको बिरामीका आफन्त पूर्णबहादुर बुढाले गुनासो गरे ।
केही दिन अघि चार महिनाकी एक बालिका उपचार गराउन लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतक बालिकाका बुवा रामजीते सुनारले जानकारी दिए । स्वास्थ्य चौकीमा ४२ प्रकारका औषधि हुनुपर्ने भए पनि जेठ १० गतेदेखि सिटामोल, जीवनजल, मेट्रोसमेत नभएको स्थानीयबासी नन्द बुढाले बताए ।
उक्त गाउँमा आँखा पाक्ने, झाडापखाला, रुघाखोकीलगायतका बिरामी बढेको भए पनि स्वास्थ्य चौकीमा एक जना अनमी बाहेक अन्य स्वास्थ्यकर्मीसमेत नभएको बुढाले गुनासो गरे । कार्यालय सहयोगीसहित पाँच जनाको दरबन्दी भएपनि एक जना अनमीबाहेक अरु सबै कर्मचारी तालिम भनेर सिमकोट र सुर्खेत गएको स्थानीबासी जगतबहादुर शाहीले बताए ।
गत फागुनबाट राया, काराङ्ग र थालीका करिव १ सय ५७ जना बालबालिकालाई कुनै खोपसमेत नलगाएको स्थानीयबासीले जनाएका छन् । जिल्लामा पर्याप्त मात्रामा औषधि ढुवानी नहुँदा औषधिको अभाव भएको जिल्ला जनस्वाथ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विष्णु शाहीले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…