स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मार्कामा
सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका छन् । उक्त ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा बिरामीहरूले थप सास्ती खेप्नु परेको हो ।
गाउँमा भाइरल ज्वरोको माहामारी छ, तर स्वास्थ्य चौकीमा सिटामोल समेतका औषधिहरूको अभावले स्थानीयहरू मार्कामा परेको थुम्पाखरस्थित मानव अधिकार निगरानी समूहकी संयोजक रेखा थापाले बताउनु भयो । समूहकी संयोजक थापाको भनाई अनुसार स्वास्थ्यकर्मीहरू नियमित स्वास्थ्य संस्थामा बसे पनि औषधिको अभावका कारण बिरामीहरू समस्यामा परेका छन् । स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि बिरामीहरू स्थानीय मेडिकलमा गएर औषधि किन्न बाध्य भएका छन् ।
स्वास्थ्य चौकीहरूमा औषधिको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले जिल्लाबाट औषधि पठाउन नसकिएको जिल्ला जनस्वास्थ्य प्रमुख अनुप अधिकारीले बताउनु भयो । स्वास्थ्य चौकीमा औषधिको अभाव भएको बारे सुनकोशी गाउँपालिका-६ का वडा अध्यक्ष चक्र बस्नेतसँग जिज्ञासा राख्दा औषधिको व्यवस्थापन केही हप्ताभित्र नै प्रयाप्त मात्रामा हुने बताउनु भयो ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा औषधि समेत नपाउँदा बिरामीहरू समस्यामा परेका छन् ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…