स्वास्थ्य चौकीमा औषधि अभाव: सर्वसाधारण मर्कामा
सोरु गाउँपालिका -९ स्थित खनाया स्वास्थ्य चौकीमा असार १० गतेदेखि औषधिको अभाव भएको छ । औषधी अभाव हुँदा सो वडाका खनाया,सिडी र कालै गाउँका सर्वसाधारण मर्कामा परेका छन् ।
दुई दिनदेखि ज्वरो आएका एक वर्षीय छोरालाई छोरालाई स्वास्थ्य चौकीमा उपचारका लागि लगेकोमा स्वास्थ्यकर्मीले सिटामोल नभएको बताएपछि औषधी किन्न तीनघण्टा हिँडेर सोरु गाउँपालिका-—७ सिप जानुपरेको तिर्थ शाहीले बताउनु भयो ।
७५ वर्षीया आमालाई झाडापखाला लागेको र उपचारका लागि अस्पताल लैजाँदा जीवनजल नपाएको नरनाथ योगीले बताउनु भयो । खनाया स्वास्थ्य चौकीमा असार १० गतेदेखि सिटामोल, जीवनजललगायतका औषधि अभाव भएको हो । औषधि अभाव हुँदा स्वास्थ्य चौकीमा आउने दैनिक १० देखि २० जनासम्म बिरामीलाई खाली पठाउनु परेको खनाया स्वास्थ्य चौकीकी अनमी तुलसा बिश्वकर्माले जानकारी दिनु भयो ।
पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने औषधि समयमै स्वास्थ्य चौकीमा नपुग्दा बेला बेलामा औषधी अभाव हुने गरेको सोरु गाउँपालिका-९ का वडा अध्यक्ष सागर शाहीले जानकारी दिनु भयो ।
सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले खनाया स्वास्थ्य चौकीमा मात्र नभई अरु स्वास्थ्य केन्द्रमा समेत औषधि अभाव भएको भन्ने जानकारी आएको छ । केही दिन भित्रमा सबै स्वास्थ्य केन्द्रमा औषधी व्यवस्थापन गरिने बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…