स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
खनियाबास गाउँपालिका-५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सुत्केरी, ल्याव, बिरामी जाँच गर्ने सेवाग्राहीलाई समस्या भएको छ । ठेकेदार कम्पनीले स्वास्थ्य चौकी भवन निर्माण नगरेका कारण धादिङका चार ओटा स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या भएको हो ।
गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तर गर्नु पर्ने भवन निर्माण सम्पन्न नगरेका कारण सेवा सञ्चालन गर्न नपाएर स्वास्थ्य सेवा प्रभावित भएको भोक्टेनी स्वास्थ्य चौकीका इन्चार्ज जीवन लामा तामाङले जानकारी दिनुभयो । दैनिक ३० जनाभन्दा बढी बिरामी सेवा लिन आउने भोक्टेनी स्वास्थ्य चौकीमा सुत्केरी भएपछि राख्ने ठाउँ छैन । सुत्केरी गराउने स्थान अभाव भएर एउटा बेड राखेर मापदण्ड पुरा गर्न समेत सकेको छैन । सरकारले घोषणा गरेको शुन्य घर सुत्केरी (Zero Home Delivery) कार्यक्रम समेत प्रभावित भएको महिला स्वास्थ्य स्वयंसेविका एसोदा रिजालले बताउनु भयो ।
२४ सै घण्टा सुत्केरी गराउने कर्मचारी व्यवस्था गरेर राखिएको भए पनि भवन अभावले स्वास्थ्य चौकीले सुत्केरी गराएपछि घर पठाउनु पर्ने बाध्यता आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज लामा तामाङले जानकारी दिनुभयो । रबिना अबिश विकन जेभी नामको ठेकेदार कम्पनीले भोक्टेनी सहित मूलपानी, गुम्दी, कटुन्जे स्वास्थ्य चौकी निर्माण गर्नका लागि ०७७ फागुन २० गते सम्झौता गरी ०७९ असार ३ गते निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । भवन अभावमा स्वास्थ्य सेवा नै प्रभावित भए पनि ठेकेदारले काम पुरा नगरेका कारण जनताको लागि आधारभुत स्वास्थ्य सेवा दिन नसकिएको मूलपानी स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कमल थापाले बताउनु भयो ।
सङ्घीय सरकारको जिल्ला स्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले रेखदेख गर्ने गरी ठेक्कामा काम भएको स्वास्थ्य संस्थाको काम ठेकेदार कम्पनीले तोकिएको समयमा पुरा गरेको छैन । चार स्वास्थ्य चौकीको काम कुनै पनि सम्पन्न नगरेको अवस्थामा रहेको र ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्नका लागि मन्त्रालयले ०८१ असोज ७ गतेसम्म काम गर्ने समय थपिदिएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका सूचना अधिकारी अजेय आचार्यले जानकारी दिनुभयो ।
भोक्टेनी स्वास्थ्य चौकीको काम वित्तिय प्रगति ५० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको बताइएको छ । एक वर्षअघि संरचना तयार गरी गारोको प्लास्टर गरेर छाडिएको ठाउँमा फिनिसिङको काम नभएकोले आफूले ताकेता गर्दा समेत वास्ता नगरेको वडा अध्यक्ष रबिन तामाङको भनाइ छ ।
भोक्टेनी स्वास्थ्य चौको ठेकेदार कम्पनी रबिना अबिश विकन जेभीले ७३ लाख रुपियाँ भुक्तानी लगेको छ । चार ओटा स्वास्थ्य संस्था निर्माणको कामको ठेक्का पाएको रबिना अबिश विकन जेभीले गुम्दीमा जग्गाको विावादका कारण भर्खर काम सुरु गरेको छ भने अन्यत्र सहज भएको स्थानमा मूलपानी, कटुन्जे र भोक्टेनीमा समेत काम सकेको छैन । एक वर्षदेखि ठेकेदार कम्पनीका मानिसहरूले काम छाडेर सम्पर्क विहिन भएको स्थानीय स्वास्थ्य संस्था प्रमुखहरूको भनाई छ ।
चार स्वास्थ्य चौकीको भ्याट बाहेक ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपियाँ ८३ पैसामा ठेक्का लिएको रबिना अबिश विकन जेभीले हालसम्म २ करोड १५ लाख ९० हजार ७ सय ४६ रुपियाँ २७ पैसा कामको आधारमा सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले भुक्तानी दिएको जनाएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, खनियाबास गाउँपालिका-५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राही स्वास्थ्य सेवा नलिई फर्कनु पर्ने अवस्था छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…