स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन नहुँदा सर्वसाधारण उपचारबाट बञ्चित
चम्पादेवी गाउँपालिका –१० रानीवनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन नहुँदा सर्वसाधारण उपचारबाट बञ्चित भएका छन् ।
स्वास्थ्य केन्द्रले तीन महिना अघि सञ्चालनमा ल्याएको मेसिन बिग्रिएपछि उपचारमा आउने बिरामीले एक्सरे सेवा नपाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय अन्तरगत रहेको एक मात्र स्वास्थ्य केन्द्रमा लिखु तथा चम्पादेवी गाउँपालिकाका –१९ वडाका नागरिकले उक्त स्वास्थ्य संस्थाबाट उपचार सेवा लिने गरेका छन् ।
सञ्चालनमा आएको एक्सरे मेसिन तीन महिनामै बिग्रेपछि समान्य चोटपटक लागेका र अन्य रोगमा औषधी सिफारिस पूर्व परीक्षणका क्रममा एक्सरे गर्नुपर्ने भए पनि मेसिन नहुँदा समस्या रहेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष उज्जन बुढाथोकीले बताउनुभयो । पुरानो मोडलको मेसिन भएकाले मर्मत हुन नसक्ने उहाँको भनाइ छ ।
दैनिक ५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । एक्सरे मेसिन मर्मतका लागि गाउँपालिकामा समन्वय भइरहेको अध्यक्ष बुढाथोकीको भनाइ छ ।
मेसिन विग्रेको दुई हप्ता वितेपनि गाउँपापालिकाले चासो दिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा समस्या जानकारीमा नआएको कार्यालयका प्रमुख सुमन तिवारीले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा डाक्टर नबस्ने, औषधी नहुँने समस्याले उपचारबाट बञ्चित त्यस क्षेत्रका नागरि दुई हप्ता यता एक्सरे मेसिन नचलेपछि छिमेकी जिल्ला रामेछाप उपचारका लागि धाउन बाध्य भएको स्थानीय रामहरि थापाले गुनासो गर्नुभयो ।
यस क्षेत्रको स्वास्थ्य समस्याबारे गाउँपालिकाले वेवास्ता गरेको उहाँको आरोप छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…