स्वास्थ्य उपचार नपाएको थुनुवाको गुनासो
हुम्ला जिल्लाको कारागारमा रहेका थुनुवाहरूले स्वास्थ्य उपचार नपाएको भन्दै गुनासो गरेका छन् । कारागारमा पुर्पक्षका लागि रहेका सर्केगाड गाउँपालिका-२ रिप गाउँका ४५ वर्षीय रङ्गमल महतराले हातगोडा र छाति दुख्ने गरेको बताएपनि उपचार गर्नका लागि कसैले ध्यान नदिएको गुनासो गरेका छन् ।
यतिखेर पुर्पक्षका लागि तीन जना र प्रहरी हिरासतमा दुई जना बालबालिकालगायत अन्य तीन जना गरी आठ जना रहेका छन् । त्यस्तै आफ्नो अवस्था पनि करिबकरिब त्यस्तै रहेको अर्का थुनुवा धनलाल रोकायाको बताए ।
थुनुवा महताराका अनुसार आफ्नो स्वास्थ्य गडबडी भएको एक महिना भइसक्दा पनि कारागारका कर्मचारीले बेवास्ता नगरेको गुनासो गरेका छन् ।
निमित्त जेलर डवल रावतलाई बुझ्दा थुनुवाहरूले आफूलाई जानकारी नगराएकोले उपचार हुन नसकेको बताए ।
उनले भने-'बिरामी छौँ भनेको भए स्वास्थ्यकर्मीलाई त्यतै झिकाएर पनि उपचार गर्थ्यौँ ।' त्यस्तै घाम तताउने सुविधा पनि नभएको थुनुवाको गुनासो रहेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…