स्वास्थ्य चौकीमा खानेपानीको अभाव, बिरामीलाई समस्या
सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ ।
स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीलाई सास्ती खेप्नुपरेको छ । खानेपानीको सुविधा नभएर समस्या भएको स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी सेवाग्राही कल्पना सिंहले गुनासो गर्नुभयो ।
सुत्केरी हुँदा पानीको अत्यावश्यक पर्ने भए पनि स्वास्थ्य चौकीमा खानेपानीको अभावले अधिकांश हामी सुत्केरी आमाले नुहाउन, लुगा धुन, फोहोर सफा गर्नका लागि ताकासेलाउन भन्ने ठाउँमा पुग्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य चौकीको नजिकै रहेको पानीको धारा भए पनि त्यस धारामा गाउँका स्थानीयले सुत्केरी भएको बेला छुन नदिने भएपछि सुत्केरी महिलाहरुले बाध्य भएर टाढाको धारामा पुगेर सरसफाइ गर्नु पर्दा स्वास्थ्यमा समेत समस्या हुने गरेको बताउनुभयो ।
खानेपानीको समस्या भएपछि गाउँबाट बोकेर ल्याउनु बाध्यता रहेको स्वास्थ्यचौकीका कार्यालय सहयोगी कालु सिहंले जानकारी दिनुभयो । गाउँको धाराबाट पानी ल्याउने , त्यही पानीले शौचालय प्रयोग गर्ने र सरसफाइ गर्नुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी सिंहको भनाइ छ ।
१५ वर्षदेखि खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्यचौकीमा आउने बिरामीलाई समेत खानेपानी र सरसफाइ गर्न पानीको समस्या रहेको इन्चार्ज बोहराले बताउनुभयो । बेलाबेला स्वास्थ्य शाखा र गाउँपालिकालाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्वास्थ्य चौकीका प्रमुख बोहराको भनाइ छ ।
गाउँबाट पानी बोकेर ल्याएर पिउनु पर्ने बाध्यता छ । पानीको लागि पालो समेत पाउन मुस्किल हुने गरेको उहाँले बताउनुभयो । प्रत्येक दिन गाउँकै पानीको भर पर्नुपर्छ हिउँदको समयमा अझै खानेपानी गाउँमा पाउन मुस्किल हुने गरेको बोहराको भनाइ छ । खानेपानी अभावले बिरामी र स्वास्थ्य चौकीको बर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या हुने गरेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…