स्वास्थ्य चौकी भवन नहुँदा उपचारमा समस्या
छथर ओख्रे गाविसमा स्वास्थ्य चौकीको भवन नहुँदा उपचारमा समस्या हुँदै आएको छ । दक्षिणी क्षेत्रमा रहेको जिल्लाकै ठूलो गाविसमा रहेको स्वास्थ्य चौकीको भवन नहुँदा बिरामीहरूको उपचारमा समस्या हुँदै आएको हो ।
स्वास्थ्य चौकीको भवन नहुँदा बिरामी भएर आउने बिरामीहरूलाई उपचार गराउन समस्या हुने गरेको स्वास्थ्य चौकीका अहेब तेजबहादुर भण्डारीले बताए । उनका अनुसार स्वास्थ्य चौकीमा सुदाप र ओख्रे गाविसका बिरामीहरूको चाप बढेकाले भुँइमा नै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।
भवन निमार्णका लागि स्थानीयहरूले पटकपटक सल्लाह र परामर्श गर्दा पनि ठोस निर्णय हुन नसकेको स्थानीयको भनाइ छ । स्थानीय राजेन्द्र न्योपानेले २०५१ सालमा आफ्ना स्वर्गीय आमाबुवाको नाममा निर्माण गरेको दुई कोठे ढुङ्गामाटो र टिनको छानो भएको घरबाट स्वाथ्य चौकीले सेवा प्रवाह गरिरहेको स्वाथ्य चौकीका अहेब भण्डारीले बताए ।
२० वर्षअघि स्थानीयले निर्माण गरेको भवन भूकम्पका कारण चर्किएर जीर्ण बनेको छ । सरकारको मापदण्ड अनुसारको भवन हुनु पर्ने भए पनि अहिले स्वास्थ्य चौकी मापदण्ड विपरित सञ्चालन गर्न आफूहरू बाध्य भएको स्वास्थ्य चौकीका अहेब भण्डारीले बताएका छन् । स्वास्थ्य चौकीको भवन निर्माणका लागी आफ्नै ५ रोपनी जग्गा हुनु पर्ने प्रावधान आएका कारण पनि भवन निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।
दुई वर्षपहिले स्थानीय ओख्रे-७ का खगेन्द्र लिम्बुले पाँच रोपनी जग्गा स्वास्थ्य चौकीलाई प्रदान गरेका थिए । स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दिएपनि अहिलेसम्म स्वास्थ्य चौकी निर्माण हुन नसकेको स्थानीय डोलन तिगेलाले बताए ।
सरकारले गाउँबस्ती सम्म नै सेवा पुर्याउने घोषणा गरे पनि भवन अभावमा यहाँका स्थानीयले सेवा लिन सास्ती व्यहोर्दै आएका छन् । दैनिक ३० देखि ३५ जना बिरामीले सेवा लिने गरेको उक्त स्वास्थ्य चौकीमा भवन निर्माणका लागि सम्बन्धित सरोकारवाला निकायले चासो दिनुपर्ने स्थानीय युवा प्रदिप सुब्बा बादलले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर चुमललाल दाशले भवन निर्माणका लागि पहल भइरहेको बताएका छन् । ओख्रे स्वास्थ्य चौकी भवन अभावबारे आफूलाई जानकारी प्राप्त भएकोले यसबारेमा विभागमा चाँडै जानकारी गराउने बताए । स्वाथ्य चौकी भवन निर्माण भए ओख्रे र सुदाप गाविसका ५ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित हुने बताइएको छ ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…