स्वास्थ्यका कर्मचारी पाँच महिनादेखि तलब विहीन
भेरी नगरपालिका जाजरकोटमा स्थायी र अस्थायी गरी एक सय ७८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकाका स्वास्थ्य तर्फका कर्मचारीले गत माघ देखि तलब बुझ्न पाएका छैनन् । ‘तलबका लागि दिनदिनै कर्मचारीहरुले ताकेता गरिरहेका छन्, खातामा पैसा नभए पछि कसरी तलब निकासा गर्ने भेरी नगरपालिका लेखापाल राजेन्द्र बहादुर कठायतले भने, ‘कर्मचारीलाई आर्थिक मन्दी देखाएर कति दिन झुलाउने हो ।
लेखापाल कठायतका अनुसार नगरपालिकामा स्वास्थयतर्फका स्थायी ४१ जना सङ्घीय सरकारको शसर्त अनुदान बाट तलब खाने गरी नियुक्त ६ जना करार र नगरपालिकाको श्रोत बाट तलब खाने २८ जना करार गरी ७५ जना कर्मचारीहरुले विगत ५ महिना देखि तलब नपाएको र यस बिषयमा स्वास्थ्य मन्त्रालयमा समेत पत्राचार गरी सकिएको बताउनु भयो ।
भेरी नगरपालिाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले समयमा तलब नपाउँदा कर्मचारीलाई घर खर्च चलाउनसमेत समस्या भएको बताउनु हुन्छ । उहाँले भन्नु भयो स्वास्थ्य शाखाका कर्मचारीहरु बढी मर्कामा परेका छन् ।
सङ्घीय सरकार बाट प्राप्त शसर्त अनुदानको रकम पनि हाल सम्म प्राप्त हुन नसकेको र नगरपालिकाको खातामा समेत तलब खुवाउनका लागि बजेट नभएपछि समस्या भएको बताउनु हुन्छ । प्रमुख प्रशशासकीय अधिकृत जैसीले थप्नु भयो स्वास्थ्य तर्फका ७५ जना कर्मचारी रहेकामा केही कर्मचारी नगरको आबश्यक दरबन्दी भन्दा बढी भएकाले पनि मन्त्रालय बाट आउने निकासामा रोकिएको बुझिएको छ र यस बिषयमा छलफल भैइरहेको समेत जानकारी दिनुभयो
चालु आर्थिक वर्षको ०८० माघ देखि ०८१ असार सम्म स्वास्थ्य तर्फका कर्मचारीलाई तलब एक करोड ६१ लाख आवश्यक पर्ने हुन्छ तर अहिले नगरपालिकाको खातामा ३३ लाख मात्र संचित रहेको छ, त्यसैगरी ‘स्थानीय तहमा सशर्त र राजस्व बाँडफाडतर्फको बजेटबाट कर्मचारीलाई तलब दिइन्छ,’ उहाँले भन्नुभयो नगरपालिकाको संकलित राजश्व संकलनको सङ्घीय सरकार बाट प्राप्त हुने बजेटमा समेत करिब ४० प्रतिशत रकम घटेर आउने भएपछि पनि कर्मचारीहरुलाई तलब खुवाउन नसकिएको नगरापालिकाका लेखापाल कठायतले बताउनु भयो ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निशा थापाले अधिकांश कर्मचारीले दैनिकी चलाउन बैंकबाट कर्जा लिएकाले महिनौंसम्म ब्याजको झमेलामा पर्नु परेको बताउनु भयो । ‘बैँकको ब्याज बढेर अब आउने तलबले पनि नपुग्ने अवस्था हुन थाल्यो,’ उहाँले भन्न भयो, ‘अहिले त पसलेहरुले पनि दैनिक उपभोग्य सामग्री र खाद्यान्न उधारोमा दिन पनि छोडे ।’
भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीमात्र नभै यो स्वास्थ्य तर्फको देशै भरको समस्या रहेको छ यस संगै भेरी नगरपालिकामा स्वास्थ्यका संगसंगै कृषि, पशु, शिक्षा र अन्य प्रशासनिक कर्मचारीको समेत तलब केही महिना देखि रोकिएको छ। स्वास्थ्य तर्फ विगत पाँच महिना, कृषि र पशुका कर्मचारीको विगत दुई महिना, शिक्षा तर्फका कर्मचारीको विगत तीन महिना र अन्य प्रशासनिक कर्मचारीले विगत तीन महिना सम्मको तलब भुक्तानी गर्न बाँकी रहेको भेरी नगरपालिका लेखापाल कठायतले बताउनु भयो ।
दिनेश कुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…