स्वास्थ्यकर्मी व्यवस्थामा समस्या हुँदा सुत्केरी तथा गर्भवतीहरुलाई सास्ती
जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापनमा समस्य भएपटि त्यस क्षेत्रका सुत्केरी तथा गर्भवतीहरुले सास्ती खेप्नु परेको छ ।
नागार्जुन स्वास्थ्य चौकीमा कार्यरत दुई जना अनमीहरु सुत्केरी बिदामा बसेपछि यस क्षेत्रका सुत्केरी तथा गर्भवरीहरुले सास्ती खेप्नु परेको हो ।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी विगत ६ महिनादेखि बिदामा रहेकाले सुत्केरी सेवा प्रभावित बेनेको स्वास्थ्य चौकीका इन्चार्ज गोपीकृष्ण भण्डारीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दुबै जना अनमी सुत्केरी बिदामा थिए । त्यसैले सुत्केरी सेवा प्रभावित बनेको हो । अहिले बिदा सकिए पनि उहाँहरुको साना बच्चा भएकाले राती सेवा दिन सकिरहनु भएको छैन् । तर, दिउसो भने सुत्केरी तथा गर्भवती सेवा प्रदान गरिने गरिएको छ ।’
स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि नगरपालिकाले कुनै अन्य व्यवस्थापन तथा पहल नगरी दिदा यस क्षेत्रका सुत्केरी तथा गर्भवतीहरुलाई उपचार तथा चेकजाँचका लागि अन्यत्रै लैजानु पर्ने बाध्यता रहेको स्थानीय नरेस पन्थले गुनासो गर्नु भयो ।
नागार्जुन स्वास्थ्यचौकीको समस्याका बारेमा आफू जानकार रहेको र सो समस्या समाधानका लागि नगरपालिकाले नयाँ अनमीको व्यवस्था गर्न लागेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक परमानन्द भट्टले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…
शहिद परिवारको गुनासो : सरकारले गरेको प्रतिबद्धता पुरा गरेन
मन्त्री परिषद्को ०७९ फागुन १५ गतेको निर्णयले राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिर्वतनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरेको छ । कोशी प्रदेशमा ताप्लेजुङका…