स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार
चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत खरिदार, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गका ३८ वर्षीय महेन्द्र शाहीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।
साउन १६ गते गाउँपालिका स्वास्थ्य शाखामा काम गरिरहेको बेला बाहिरबाट मदिरा सेवान गरेर आएका शाहीले चारित्रिक आरोप लगाई गालीगलौज गर्दै कुटपिट गरेको सिंहका पति दन्तबहादुर शाहीले आरोप लगाउनु भएको छ ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही लगायतका व्यक्तिहरू बसेर छलफल गर्ने क्रममा आरोपितले अपशब्द बोलेपछि छलफल नटुङ्गिएको र घटनाको थप अनुसन्धान भइरहेको मेल्छाम प्रहरीचौकीका हवाल्दार इश्वर बुढाथोकीले बताउनु भयो ।
पीडित पक्षले कारवाहीको माग गर्दै साउन १६ गते मेल्छाम प्रहरी चौकीमा उजुरी गरेको छ । पीडितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उपचार भने गर्नु नपरेको पीडितका पतिले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…