स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्दा सेवाग्राही समस्यामा
कोरोना(कोभिड–१९) सङ्क्रमणको आशंका भएको भन्दै स्वास्थ्यकर्मीको टोली नै क्वारेन्टाइनमा बसेपछि दैनिक स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।
षडानन्द नगरपालिकाका वडाका स्वास्थ्य चौकीमा सेवारत १७ जना स्वास्थ्यकर्मी नै सङ्क्रमणको जोखिम भएको भन्दै क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य सेवाग्राहीलाई समस्या भएको छ ।
वैदेशिक रोजगारको शिलशिलामा कतारबाट घर फर्किएका षडानन्द नगरपालिका –१ नेपालेडाँडाका एक युवकको स्वास्थ्य परीक्षण गरेपछि सङ्क्रमणको जोखिम भएको भन्दै १७ जना स्वास्थ्यकर्मी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका छन् ।
स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य चौकीमा सिटामोलसम्म दिने मान्छे छैन । चैत १३ गतेबाट नगरपालिकाका –१, २, १०, ११, र १२ का स्वास्थ्य चौकीका १७ जना क्वारेन्टाइनमा छन् । जसमध्ये ११ जना गान्धी मेमोरियल हस्पिटल र बाँकी ६ जना हेल्थ डेस्क राखिएको क्वारेन्टाइनमा छन् ।
चैत ११ गते पाँच जना स्वास्थ्यकर्मीको आरआरटी टोलीले कतारबाट आएका ती युवाको घरमै पुगेर स्वास्थ्य चेकजाँच गरेका थिए । चेकजाँचपछि अन्य १२ जना स्वास्थ्यकर्मीसँग एकआपसमा सँगै खाना खाएको, बसेको, हिँडेकोले जोखिम हुन सक्ने भन्दै स्वास्थ्य चौकी नै रित्ताएर क्वारेन्टाइनमा बसेका छन् ।
कोरोनाको आशंकामा स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बसेपछि सेवाग्राही मारमा परेको नेपालेडाँडाका स्थानीय सन्तोष राईले बताउनु भयो । उहाँले भन्नु भयो, ‘स्वास्थ्य चौकी नै रित्ताएपछि हामीले कहाँबाट सेवा लिने, यस्तो लापारबाही गरेर उनीहरू आनन्दले क्वारेन्टाइनमा छन्।’
कतारबाट आएका ती युवालाई पनि नगरपालिकाको कृषि भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । उनको १४ दिन पुगेपछि क्वारेन्टाइनबाट सबै स्वास्थ्यकर्मी पुनः काममा फर्किने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताउनु भयो ।
औषधि, चेकजाँच, उपचारका लागि स्वास्थ्य चौकी धाउने सर्वसाधरण सेवा नपाएर फर्कनु परेको स्थानीयको गुनासो छ । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नै नभेटेपछि बजारका मेडिकलबाट औषधि लिन बाध्य भएको दिङ्लाका स्थानीय दावा शेर्पाले बताउनु भयो ।
विपद्को अवस्थामा स्वास्थ्यकर्मी कोरोनाको आशंकामा चुपचाप क्वारेन्टाइनमा बस्दा सेवाबाट वञ्चित हुनुपरेको उहाको स्थानीयको गुनासो छ ।
नगरपालिकाकी उपमेयर मेरीका राईले स्वास्थ्यकर्मीले असुरक्षित महसुश गरेपछि क्वारेन्टाइनमा बसेको बताउनु भयो ।
गणेश विष्ट
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…