स्वास्थ्यकर्मी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज २४ गते

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई ०८० असोज २३ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्वकर्मा, २८ वर्षीय आशिष विश्वकर्मा र खाँदबारी नगरपालिका-९ का २२ वर्षीय अनिल विश्वकर्मालाई असोज २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

जिल्ला अस्पतालमा समन्वय अधिकृत रुपमा खटिएका प्रहरीलाई गालीगलौज गरेको र हातपात गरेको इन्स्पेक्टर लामिछानेको भनाइ छ ।

गिरफ्तारीमा परेका तीनै जनालाई अभद्र व्यवहारको कसुरसम्बन्धी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।


भविन कार्की