स्वास्थ्यकर्मी अभाव हुँदा सेवाग्राही समस्यामा
खिजीदेम्वा गाउँपालिकाका ६ ओटा स्वास्थ्य संस्थामा तीन महिनादेखि स्वास्थ्यकर्मी अभाव हुँदा सर्वसाधारण उपचारबाट बञ्चित भएका छन् । गाउँपालिकाका ९ ओटा वडामध्ये ६ ओटामा स्वास्थ्य संस्था छन् । साविकका ३ ओटा स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालित छन् ।
प्रसुति गृह भएकामा एसबिए (प्रसुति गराउने आधारभूत) तालिम लिएका नर्सिङ कर्मचारीसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल ६ जना मात्रै कार्यरत छन् । १२ जना अहेबको दरबन्दीमा ३ जना र अन्य अनमी गरि ६ जना कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताउनुभयो ।
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको गौतमले बताउनुभयो । प्रसुति गृह र स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी तीन महिनादेखि अभाव छ । कर्मचारी समायोजन अघि नै अभाव रहेकोमा समायोजनपछि सरूवा भएर गएपछि नयाँ नआएकाले समस्या भएको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनुभयो ।
स्वास्थ्यकर्मी र आवश्यक औषधि नपाउँदा समस्या भएको खिजीदेम्वाका निमा शेर्पाले गुनासो गर्नुभयो । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधि व्यवस्थापनमा चासो नदिएको उहाँको आरोप छ ।
गाउँपालिकाका तीन ओटा वडामा स्वास्थ्य चौकी नभएकाले स्वास्थ्य इकाई स्थापना गरेर एकएक जना स्वास्थ्यकर्मी खटाएको छ । ती इकाईमा पनि औषधि, बिरामीले खोजेको समयमा स्वास्थ्यकर्मी उपलब्ध नहुने स्थानीयको गुनासो छ ।
स्वास्थ्यकर्मी र औषधि नभएकै कारण गाउँमा समस्या पर्दा समेत छिमेकी जिल्ला रामेछाप धाउनु परेको भूसिंगाका पुटी शेर्पाले बताउनुभयो । ‘पहिलेभन्दा अहिले गाउँमा सिटामोल पनि भनेको बेला पाउन सकिदैन’ शेर्पाले भन्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा अहिलेसम्म औषधि खरिद गरेको छैन । गत वर्षको स्टकबाट काम चलेको र चाँडै खरिद हुने स्वास्थ्य शाखा प्रमुख गौतमको भनाइ छ ।
स्वास्थ्यकर्मी भने सरकार नै खटाउने भएकाले कहिलेसम्म पदपूर्ति हुने भन्ने यकिन भएको गाउँपालिकाको भनाइ छ । अन्य गाउँपालिकामा पनि स्वास्थ्यकर्मी र औषधिको समस्या छ ।
स्वास्थ्य संस्थामा औषधि तथा स्वास्थ्यकर्मी व्यवस्थापन, सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारका क्रममा हुने लापरबाहीका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोच नेपाल र टिआई नेपालको समन्वयमा जिल्ला समन्वय समिति, सिद्धिचरण नगरपालिका र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको ध्यानाकर्षण गराइएको महिला मानवअधिकार रक्षक रीता श्रेष्ठले बताउनुभयो ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा स्थापित गरेकाले नागरिकको अधिकार सुनिश्चित गर्न खबरदारी गरिएको श्रेष्ठको भनाइ छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…