स्वास्थ्यकर्मी अभावहुँदा सेवाग्राहीलाई समस्या
धौलागिरी अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू समस्यामा परेका छन् ।
अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थाहरूमा पनि भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
धौलागिरी अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना भिडियो एक्सरे गर्नुपर्ने बिरामी उपचारको लागि आउँछन् ।
हप्ताको दुई दिन आइतबार र बुधबार त गर्भवती महिलाको नियमित चेकजाँचगर्ने भएकाले त्यो सङ्ख्या बढेर झण्डै सय पुग्ने गरेको छ ।
तर, पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू मर्कामा परेका छन् ।
बागलुङ नगरपालिका–४ कुँडुलेकी एक गर्भवती महिला कोभिड महामारीकै बिच नियमित चेकजाँजको लागि धौलागिरी अस्पताल पुग्नुभएको थियो ।
चेकजाँचको क्रममा स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्न सुझाव दिनुभयाे ।
‘सुत्केरी हुने समय नजिकिएको छ, डाक्टरले भिडियो एक्सरे गर्नुस भनेर कागजमा लेखिदिएका छन्,’–महिलाले भन्नुभयो–‘अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै छैनन् रे, यो कोभिड महामारीकोबिचमा कहाँ जाने ?’
धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट करारमा खटाइएका एक जनामात्र रेडियोलोजिस्टले भिडियो एक्सरे गर्दै आउनुभएकाे थियाे ।
अस्पतालमा कार्यरत रहेका एक जनामात्र रेडियोलोजिष्ट केही दिन बिदामा बस्दा मात्रै ठुलो समस्या सिर्जना हुन्थ्यो । तर, यति बेला अस्पतालबाट बिदा मागेर जानुभएका उहाँले इमेल मार्फत राजीनामा पठाएपछि अस्पतालको सेवा प्रभावित मात्र होइन, थप अन्योलमा परेको छ ।
उनी वैशाख ८ गतेबाट बिदामा बसेको धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो ।
‘अस्पतालमा एक जना मात्र रेडियोलोजिष्ट हुनुहुन्थ्यो, बिदामा बस्नुभएका उहाँले पनि इमेल मार्फत राजीनामा पठाउनुभयो ।’–उहाँले भन्नुभयो–‘यतिबेला अस्पतालको सम्पूर्ण टिम कोभिड सङ्क्रमितको उपचार र व्यवस्थापनमा खटिएको छ, पूर्व जानकारी बिना उहाँले दिएको राजीनामाको कारण सिङ्गो अस्पतालको सेवा प्रभावित बनेको छ ।’
कोभिड महामारीको बिचमा अस्पतालको एक मात्र रेडियोलोजिष्ट नहुँदा दैनिक सयौ बिरामी प्रभावित बनेको भन्दै प्रदेश मन्त्रालयमा जानकारी गराएपनि तत्काल समस्या समाधानको उपाय नदेखिएको डाक्टर पोखरेलको भनाइ छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…