स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या
आमाछोदिङमो गाउँपालिकामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सुरक्षित सुत्केरी गराउन खुलेका सरकारी बर्थिङ सेन्टरहरू प्रभावित छन् ।
आमाछोदिङमो गाउँपालिकामा २० जना स्वीकृत स्थायी दरबन्दी मध्ये नौ जना मात्र स्थायी स्वास्थ्यकर्मी कार्यरत छन् । त्यहाँ पाँच स्वास्थ्य चौकी र तीन ओटा सामुदायिक स्वास्थ्य इकाई छन् ।
गाउँपालिकाकाले करार सेवामा लिएका अहेव, अनमी, नर्स गरी १३ जना स्वास्थ्यकर्मी छन् । करारका दुई जना अनमी मात्र एसविए तालिम प्राप्त छन् । सुरक्षित मातृत्व सेवा (एसविए) तालिम नलिएकाले सुत्केरी गराउन पाउँदैन ।
सरकारले मातृ सिशु सेवा कार्यक्रम अन्तर्गत गाउँ गाउँमा आमा र सिशु मृत्युदर न्यून गर्न, नियमित आठ पटक गर्भजाँच तथा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर खुलेपनि औषधि र स्वास्थ्यकर्मी समयमा नभएको कारण सेवा प्रभावकारी हुन नसकेको आमाछोदिङमो गाउँपालिका–३ का स्थानीय सिता तामाङको गुनासो छ ।
बेला बेलामा औषधि र स्वास्थ्यकर्मी अभाव हुनाले समस्या परिरहेको आमाछोदिङमो गाउँपालिका–२ को स्थानीय दिपा तामाङले भन्नुभयो ।
सुत्केरी गराउने बारे ज्ञान भएपनि सुरक्षित मातृत्व (एसविए) तालिम नलिएकालाई बर्थिङ स्टाफ मानिँदैन । त्यसैले धेरै बर्थिङ सेन्टर नाम मात्रको भएको तामाङले बताउनु भयो ।
आमाछोदिङमो गाउँपालिकामा पाँच स्थानमा बर्थिङ सेन्टर छन् तर सुत्केरी गराउन त्रिशूली वा काठमाडौँ जानुपर्ने बाध्यता परेको आमाछोदिङमो गाउँपालिका-४, गोल्जुङका स्थानीय च्याङबा तामाङले जानकारी दिनुभयो ।
सरुवा भएर जाने तर नआउने समस्या भएको र स्थायी दरबन्दीका कर्मचारी माग भएपनि प्रदेश लोक सेवा आयोगले पठाउन ढिलाइ गरेको स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनुभयो ।
गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेपनि उनिहरू कतिबेला स्थायी कर्मचारी आउँछन् र जागिर जान्छ भन्ने त्रासमा रहेको तामाङले भन्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नभएको र स्थानीय तहमातहतका स्वास्थ्य चौकीहरूले जिल्लामा हुने स्वास्थ्य कार्यालयलाई अहिले प्रतिवेदन दिने वा अन्य काम नगरेको तामाङले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीको अभाव हुन नदिन गाउँपालिका जोड तोडले लागेको र स्थायी कर्मचारी पनि माग गरिएको आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…