स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या
नौकुण्ड गाउँपालिकामा रहेको सुरक्षित सुत्केरी केन्द्रहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा समस्या परेको छ । नौकुण्ड गाउँपालिका दरबन्दी अनुसार कर्मचारी अभाव भएपछि सेवा प्रभावित भएको हो ।
यार्सा, पाच्याङ र भोर्ले स्वास्थ्यचौकीमा कुल १५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा एकजना मात्र दरबन्दीको कर्मचारी रहेका छन् । त्यहाँ नौकुण्ड गाउँपालिकाले करारमा लिएर राखेर सेवा सुचारु गरेको छ । त्यसै गरी सस्युँ, लाङबु र सरमथलीमा रहेको सामुदायिक स्वास्थ्य ईकाइमा एक अनमी र एकस्टाफ नर्स गरी दुई–दुईजना कार्यरत रहेको नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताउँनुभयो ।
बर्थिङ सेन्टर सञ्चालित स्वास्थ्य संस्थामा नेपाल सरकारले सुरक्षित सुत्केरी गराउन एसबिए तालिम प्राप्त स्वास्थ्यकर्मी व्यवस्था गरेपनि समायोजन भएर अन्यत्र जाने तर नआउने कारण तालिम प्राप्त स्वास्थ्यकर्मी नरहेकोले बर्थिङ सेन्टरमा समस्या भएको पौडेलले बताउनुभयो ।
उहाँले भोर्ले र पाच्याङ स्वास्थ्य संस्था भवन समेत अभाव भएको बताउनुभयो । सरमथली स्थित निकुभूमे माविमा बागमती प्रदेश सरकारको योजना अनुरुप एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत एक स्टाफ नर्सको व्यवस्था भएपछि स्टाफनर्स प्रमिला आचार्यले सेवा दिदै आउनु भएको छ । पाच्याङ स्वास्थ्य चौकी जीर्ण रहेको र ल्याब, स्टोर सबै एकै कोठाबाट चलाउनु पर्ने तथा फिल्डमा जाने कर्मचारी समेत अभाव भएको स्थानीय हर्कबहादुर तामाङले बताउँनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…