स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरूको आग्रह
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।
मानव अधिकारकर्मीहरूले ०८१ पुस ८ गते विज्ञप्ति जारी गर्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजको व्यवस्थापन पक्षसँग विगत ६ महिना अघिदेखि विभिन्न मागहरू राखि उक्त संस्थामा क्रियाशिल स्वास्थ्यकर्मी, कर्मचारी युनियन, कर्मचारी सङ्घले गरेको आन्दोलन र त्यस आन्दोलन प्रति व्यवस्थापन पक्षले देखाएको उदासीनताले नागरिकको स्वास्थ्य उपचारमा प्रभाव पारेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
संस्थागत सुधारका साथै तलब भत्ता, सेवा सुविधा वृद्धि र वृत्ति विकासका माग सहित गरिएको कर्मचारीहरूको श्रम ऐनले दिएको अधिकार कुण्ठित भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, 'श्रमिकहरूको जायज मागहरूको तत्काल सम्बोधन गर्न, समस्याको निकास खोजी कर्मचारीहरूलाई नियमित काममा फर्किने वातावरणको सृजना गर्न तथा बिरामीहरूको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगरी नागरिकको गुणस्तरीय सेवा पाउने अधिकारको संरक्षण गर्न सम्बन्धित पक्ष समक्ष आग्रह गर्दछौँ ।'
विज्ञप्ति मार्फत अधिकारकर्मीहरूले श्रमिकहरूले आफ्नो श्रमको उचित मुल्य तथा आफ्ना अधिकारका लागि जायज मागहरू राख्दा व्यवस्थापन पक्षले गम्भीर रूपमा नलिइ बेवास्ता गरिनु स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा दैनानुदिन आउने बिरामीहरूको स्वास्थ्य उपचारमा समेत प्रत्यक्ष असर परिरहेको सन्दर्भमा आन्दोलनको १३ दिन बितिसक्दा समेत सहि समाधान नखोजिने कार्यले व्यवस्थापकीय कमजोरी देखिएको समेत मेडिकल कलेजको व्यवस्थापन पक्षलाई स्मरण गराएका छन् ।
ध्रुबराज शर्मा
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…