स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार
जिल्ला अस्पताल पर्बतका प्रमुख ३९ वर्षीय डाक्टर शिशिर देबकोटालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला अस्पताल पर्वतमा छोराको उपचारका लागि आएका ३५ वर्षीय अरूण पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको छ ।
फलेबास नपा– १ कार्कीनेटाका पौडेलले वैशाख ३१ गते जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेका थिए ।
पौडेलले स्वास्थ्यकर्मी छोराको रेखदेखमा नियमित नआएको भन्दै गालीगलौज र हातपातको प्रयास गरेका थिए । कोरोना महामारीको बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि बैशाख ३१ गते बिहान अरूण पौडेलले हातपात गर्न खोजेको र अपसब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै कारवाहीको माग गर्दै जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर देबकोटाले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय पर्बतमा मौखिक उजुरी दिनुभएको थियो ।
प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी छोराको उपचार पश्चात जिल्ला प्रहरी कार्यालय पर्वतमा हाजिर हुने गरी तारेखमा छाडिएको इन्सपेक्टर बिकास थापाले जानकारी दिनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…