स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार
सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि हातपात घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।
स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-२ का ४० वर्षीय भीषण जिमीलाई भदौ ३ गते गिरफ्तार गरेको हो ।
स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपितलाई अनुसन्धानका लागि ०८१ भदौ ३ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
आरोपित जिमीले ०८१ भदौ २ गते औषधि लिने बहानामा कार्यालय प्रवेश गरेर स्वास्थ्यकर्मी शाहलाई हातपात गरेका थिए ।
औषधि लिने बहानामा कार्यालय प्रवेश गरेका जिमीले शाहलाई हातपात गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रामप्रमोद चौधरीले बताउनु भयो । पीडित शाहले भदौ ३ गते इलाका प्रहरी कार्यालय, वानामा मौखिक उजुरी दिनु भएको थियो । पीडितले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते लिखित उजुरी दिएको इन्स्पेक्टर लामिछानेले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा भदौ ४ गते अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले स्वास्थ्यकर्मीलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…