स्वास्थ्यकर्मीमाथि हातपात
सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि भदौ २ गते हातपात भएको छ ।
कार्यालयमा काम गरिरहेको अवस्थामा ०८१ भदौ २ गते पाँचखपन नगरपालिका-२ का ४० वर्षीय भीषण जिमीले हातपात गरेको पीडितको आरोप छ ।
औषधि लिने बहानामा कार्यालय प्रवेश गरेका जिमीले शाहलाई हातपात गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रामप्रमोद चौधरीले बताउनु भयो ।
हातपात लगत्तै पीडितले पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित प्रहरी पोष्टमा उजुरी गर्नु भएको थियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरी केही समय पश्चात रिहा गरेको थियो ।
तर, आरोपित जिमी घटना भएको राति ११ बजे खुकुरी लिएर शाह बस्दै आएको कोठामा पुगेर धम्की दिनुका साथै ढोकामा लात्ती प्रहार गरेर फर्किएपछि पीडितले भदौ ३ गते इलाका प्रहरी कार्यालय, वानामा उजुरी दिनु भएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले स्वास्थ्यकर्मीलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।
घटनामा संलग्नको खोजी थालिएको प्रहरीले जनाएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…