स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय प्रमोद पटेल र ३५ वर्षीय मन्जय गिरीलाई सोही दिन जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।
पोखरिया नगरपालिका-१ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा खोप सेवा प्रदान गर्न पुग्नु भएका स्वास्थ्यकर्मी महत्तोलाई गालि गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेका आरोपितहरू विरुद्ध माघ २५ गते पीडितले जिल्ला प्रहरी कार्यालय पर्साका उजुरी दिनुभएको डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित पाठेघरको मुखको क्यान्सर रोग निवारणका लागि खोप अभियान अन्तर्गत आफ्नो छोरीलाई उक्त खोप प्रदान गर्न भन्दै आरोपितहरूले पीडितलाई दुर्व्यवहार गरेको खोप केन्द्रका इन्चार्ज तथा अहेव शोशिल कुमार महत्तोले बताउनुभयो ।
जिल्ला स्वास्थ्या कार्यालयका जन स्वास्थ्य अधिकृत जयमोद ठाकुरले स्वास्थ्यकर्मी माथि भएको हातपात र दुर्व्यवहारको घटना निन्दनीय र खेद जनक भएकोले दोषीलाई कानुन अनुसार कारबाही नभए आफूहरू सम्बन्धित निकायमा पत्राचार गरी आवश्यक कदम उठाउने चेतावनी समेत दिनुभयो ।
इन्सेक मधेस प्रदेश
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…