स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा
नेचासल्यान गाउँपालिका–३ बतासेकी ३३ वर्षीया ममता राई दाँतको उपचार नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानबाट भदौ ७ गते घर फर्कँदै गरेको अवस्थामा तिङ्लामा भेटिनु भयो ।
गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि तीन घण्टाको पैदल यात्रापछि प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु भएकी राईले स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचार नगराई फर्किएको गुनासो गर्नु भयो ।
साउन १ गतेदेखि करार, ज्यालादारी वा अस्थायी नियुक्ति भएका सबैलाई गाउँपालिकाले म्याद थप नगरेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव छ ।
गाउँपालिकाले साउन १ गतेबाट करारका स्वास्थ्यकर्मीलाई काममा नफर्किने निर्देशन दिएसँगै करारमा रहेका दुई जना चिकित्सक घर फर्किएका छन् ।
स्वास्थ्य केन्द्र पुगेर स्वास्थ्य सेवा नलिइ फर्किनेमा ममता एक्ली स्वास्थ्य सेवाग्राही नभएको प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टर अर्जुन राईले बताउनु भयो ।
गाउँपालिकाले महिना बितिसक्दा समेत स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न नसक्दा चिकित्सकको अभाव भएको डाक्टर राईले बताउनु भयो ।
सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीले सेवा नपाएको खण्डमा नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ र जन स्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को ३ स्वास्थ्य सेवा प्रवाह गर्ने कानुन र व्यवस्थामा आकर्षित हुन्छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ ।
सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार अधिकार किटान गरिएको छ ।
उपचारको लागि स्वास्थ्य केन्द्र पुगेपनि उपचार नहुने भएपछि उपचारका लागि काठमाडौँ जानका लागि सवारी भाडादर ३ हजार रुपियाँ र हवाई भाडादर ७ हजार रुपियाँ खर्च जानैकै लागि लाग्ने नेचासल्यान गाउँपालिका–५ नेचाकी ६० वर्षीया अनिता बास्तोलाले बताउनु भयो ।
एमबीबीएस डाक्टरसहित १८ जनाको दरबन्दी रहेकोमा स्वास्थ्यकेन्द्रमा हाल तीन जना मात्रै कार्यरत छन् ।
एक जना एमबीबीएस डाक्टर अर्जुन राई, अनमी सरिता बास्तोला र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
एक वर्षमा २ हजार ३ सय ५५ जनालाई सेवा प्रवाह गरेको स्वास्थ्य केन्द्रमा चिकित्सक अभावकै कारण विरामीलाई फकाउनुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारदमणि पोखरेलले बताउनु भयो ।
स्वास्थ्यकर्मी पदपूर्तिका लागि साउन १८ गतेको कार्यपालिका बैठकले निर्णय गरी सोही दिन सूचना जारी गरेको गाउँपालिका उपाध्यक्ष बिना राईले बताउनु भयो ।
भदौको १५ गतेभित्र स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नियुक्त गरिसक्ने उपाध्यक्ष राईको भनाइ छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…