स्वास्थ्यकर्मीको दरवन्दी पूर्ति नहुँदा कैदी तथा थुनुवालाई उपचारमा समस्या

  ०७९ असार २२ गते

जिल्ला कारागार कार्यालय, हुम्लामा स्वास्थ्यकर्मीको दरबन्दी अनुसारको पदपूर्ति हुन नसक्दा कैदी तथा थुनुवाले समस्या झेल्नु परेको छ ।

०७६ सालदेखि कारागार कार्यालयमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि कैदी तथा थुनुवा विरामीलाई उपचार गर्न समस्या भएको हो ।
कारागारमा स्वास्थयकर्मी नहुँदा आजभोली स्वास्थ्य सेवा कार्यालय, हुम्लामा पु¥याई विरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने वाध्यता रहेको जिल्ला कारागार, हुम्लाका खरिदार डवले रावतले जानकारी दिनु भयो ।

हाल जिल्ला कारागार कार्यालय, हुम्लामा नायव सुव्वा एक जना, खरिदार एक जना, सह लेखापाल एक जना, एचएको दरवन्दी एक, कम्प्युटर अप्रेटर एक जना, जेलर एक जना र कार्यालय सहयोगीको दरवन्दी चार जना गरी जम्मा १० जनाको दरवन्दी रहेको छ । नायव सुव्वा, खरिदार, सलेपा स्थाई कर्मचारी रहनु भएको छ भने कार्यालय सहयोगी र कम्प्युटर अप्रेटर करारवाट पद पूर्ति गरिएको सोही कार्यालयका प्रमुख इन्द्रा कुमारी खरालले बताउनु भयो ।

कारागार कार्यालय नहुँदा कैदी तथा थुनुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राख्नु परेको खरिदार रावतले गुनासो गर्नु भयो ।

जिल्ला कारागार नभएका कारण प्रहरीको हिरासतमा एक जना कैदी र १६ जना थुनुवा रहेको कार्यालय प्रमुख खरालले बताउनु भयो । उहाँका अनुसार कैदी बन्दी तथा थुनुवा मध्येका केही व्यक्तिलाई स्वास्थ्य समस्या हुने गरेको छ । करिव चार वर्षदेखि स्वास्थ्यकर्मी नभएको कारागारमा लोक सेवा आयोगबाट स्वास्थ्यकर्मी आउने भएको प्रमुख खरालको भनाई छ ।


नन्द सिंह