स्वास्थ्यकर्मीको दरबन्दी कम हुँदा सेवाग्राहीलाई सास्ती
पुतलीबजार नगरपालिका–३, कुमालगाउँस्थित स्याङ्जा अस्पताल स्याङ्जामा स्वास्थ्य चिकित्सकको दरबन्दी कम हुँदा सेवाग्राहीले सास्ती पाएका छन् ।
बिहान ११ बजे नै टिकट काटेकी पुतलीबजार नपा–२ की सविना मरासिनीले डाक्टरको पालो कुर्दाकुर्दा ३ बजेपनि जँचाउने पालो नआएको बताउनुभयो ।
आँधिखोला गाउँपालिका–४ की राममाया दर्जी औषधि लिने लाइनमा करिब १ घण्टा बिताउँदा पनि औषधि हात नलागेकोमा निरास भएको बताउनु हुन्छ ।
दाँतको उपचारका लागि अस्पताल पुग्नुभएकी माया भुजेल दुई दिनसम्म उपचारको पालो नपाएर फर्कनु परेको बताउनु हुन्छ ।
जिल्लाकै ठूलो मानिने सरकारी अस्पतालमा बहिरङ्ग सेवा पाउन दुई/तीन दिन धाउनु पर्ने भएकाले अस्पतालप्रतिको दृष्टिकोण बदलिएको पुतलीबजार नपा–२ का अमृत नेपाली सुनाउनु हुन्छ ।
यति मात्र हैन सेवा छिटो छरितो नहुँदा बिरामी नीजि अस्पताल समेत जानुपरेको उहाँको गुनासो छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशप्रसाद आचार्यका अनुसार केन्द्रीय सरकार र प्रदेश सरकारबाट तीन जना चिकित्सक, तीन जना एचए, १२ जना नर्स, तीन जना रेडियोग्राफर, दुई जना अहेब, दुई ल्याव टेक्निसियन जम्मा गरी जम्मा २५ जना रहेको छ ।
चिकित्सक छात्रवृत्ति अन्तर्गत ६ जना चिकित्सक यहाँ सेवा प्रदानको लागि आउनुहुन्छ । जसमध्ये दुई जना अध्ययन विदामा रहनुभएकाले थप समस्या भएको उहाँ तर्क छ । दैनिक जसो बहिरङ्ग सेवाको लागि मात्र १ सय ५० जनाले टिकट काट्नुभएको बताउनु हुन्छ ।
अस्पतालको पछिल्लो समयमा बढ्दै गएको चाप लाई छिटोछरितो सेवा प्रदान गर्नको लागि दिनहुँ ६ जना डाक्टरले अनिवार्य बहिरङ्ग विभागबाट मात्र सेवा दिनुपर्ने हुन्छ । सोही बमोजिम अन्य प्राविधिक स्वास्थ्यकर्मीको समेत दरबन्दी थाप गर्नु पर्दछ ।
अस्पतालको दैनिक प्रशासनदेखि बिरामी जाँच गर्ने समेत यसै दरबन्दीबाट हुने भएकोले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न कठिन भइरहेको उहाँ बताउनु हुन्छ ।
आफूले प्रशासनिक फाँट हेर्नुपर्ने, एक जना डाक्टरले इमरजेन्सी वार्डमा बिरामी हेर्नुपर्ने, एक जनाले भिडियो एक्स–रे, एक जनाले डायलसिस र एक जना डाक्टरले अप्रेशन तथा डेलिभरी फाँटमा काम गर्नुपर्ने भएकाले बहिरङ्ग विभागका बिरामी जाँचमा ढिलाइ भएको डाक्टर आचार्यले बताउनु भयो ।
अस्पतालमा पहिला २५ शैयाबाट मात्र सेवा प्रदान हुने गरेकामा अहिले ५२ शैयामा बिरामी राखेर सेवा प्रदान गर्ने गरिएको पनि उहाँले बताउनु भयो ।
राधाकृष्ण शर्मा
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…