स्वास्थ्यकर्मीको जिउधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र
नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिले स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा गर्न माग गर्दै असार ३ गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले स्वास्थ्यका कर्मचारीको जिउधनको सुरक्षा गरि निर्वाधरुपमा काम गर्ने वातावरण बनाउन माग गरेको हो ।
व्यास नगरपालिका–९ गजुरे स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक खुसीराम क्षेत्रीलाई स्थानीय ३० वर्षीय सन्तोष थापाले असार २ गते फर्जी मेडिकल रिपोर्ट बनाउन दबाव दिएकोमा स्वास्थ्यचौकीका प्रमुख क्षेत्रीले अस्विकार गरेकोमा सोही राती सन्तोष थापाको नेतृत्वमा जनस्वास्थ्य निरीक्षक क्षेत्रीको व्यास नगरपालिका–९ मोहोरीयाटारमा रहेको घरमा आक्रमण गरेको घटनाको विरोधमा समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिका संयोजक लक्ष्मी गुरुङले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भेटी बुझाएको ज्ञापनपत्रमा व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकी प्रमुख खुसिराम क्षेत्रीको निजि निवास व्यास–९, मोहोरियाटारमा सोही ठाउँका ३० वर्षीय सन्तोष थापा लगायतका केहि व्यक्तिहरुले मादक पदार्थ सेवन गरि ज्यान लिने धम्की सहित रातको करिब १० बजे समयमा ढुङगा, मुढा र बियरको बोतलको प्रयोग गरि आक्रमण गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
एउटा सच्चा राष्ट्रसेवक कर्मचारीलाई अवैध, जुन कानुनत् बनाउनै नमिल्ने फर्जी मेडिकल रिपोर्ट बनाउन दबाव सिर्जना गर्ने र सो कार्य गर्न अस्विकार गर्दा यस्ता किसिमका अमानविय, निन्दनिय र जघन्य किसिमका अपराध घटाउने प्रकृतिका कार्य गर्नेहरुलाई समाजमा दुर्गन्ध फैलाउन नदिन, कर्मचारीको जिउधनको रक्षा गर्न साथै विधिको शासन पालना गराउन यस घटनामा संलग्न रहेका सम्पुर्ण व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारबाहीको माग गरिएको छ ।
पीडित जनस्वास्थ्य निरिक्षक क्षेत्रीले पनि फर्जी मेडिकल रिपोर्ट नबनाइदिदा आफुमाथी आक्रमणको प्रयास भएकोे बताउनु भयो । भारतको उडिसा पुलिसमा कार्यरत थापाले लामो समय घरमा बसेको कारणले बिरामी भएको मेडिकल रिपोर्ट बनाइदिन स्वास्थ्य चौकीमा आएर आग्रह गरेको र आफुले यस्तो रिर्पाेट बनाउन मिल्दैन भनेपछि थापाले धम्की दिएको क्षेत्रीले बताउनु भयो ।
आरोपित थापालाई असार ३ गते प्रहरीले गिरफ्तार गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले आरोपितलाई गिरफ्तार गरिसकेकाले सत्यतथ्य बुझेर थप कारबाही गरिने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…