स्वास्थ्यकर्मीको आन्दोलनले खोप अभियान प्रभावित
कैलाली जिल्लाभरी फागुन २१ र २२ गते जापनिज इन्सेफ्लाइटिस जेई तथा पोलियो खोप खुवाइने अभियान स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण स्थगित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यसअघि पनि फागुन ७ र ८ गतेका लागि पूर्वनिर्धारित खोप अभियान कार्यक्रम स्वास्थ्यकर्मीहरूको आन्दोलनकै कारण प्रभावित भएको थियो ।
जिम्मेवारी अनुसार सेवा सुविधा दिइनु पर्नेलगायतका माग राखेर स्वास्थ्यकर्मी फागनु ४ गतेदेखि आन्दोलनमा उत्रेका कारण पोलियो खोप अभियानका लागि आवश्यक सामग्री खोप केन्द्रमा पठाउन नसकिएकोले कार्यक्रम प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदिप जोशीले बताए ।
कार्यक्रम अन्तर्गत कैलालीमा पाँच वर्षमुनिका १ लाख १६ हजार ८ सय ४६ जना बालबालिकालाई जेई तथा पोलियो खोप कार्यक्रममा समावेश गर्ने लक्ष्य राखिएको थियो । सो अभियानका लागि ५ सय ८० खोप केन्द्रमा १ हजार १ सय ६० स्वयम्सेवकहरू खटाइने भनेपनि स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण अभियानमा असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पोलियो खोप कार्यक्रम स्थागित गरिएको वरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक टङ्कप्रसाद चापागाईले बताए ।
नेपाललाई २०१० मा नै पोलियो उन्मूलन घोषणा गरिएको भएपनि भारतमा उन्मूलन नभएकोले रोगको सङ्क्रमण तराईका जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलालीसहित तराईका १२ र काठमाण्डौँ उपत्यकाका तीन जिल्ला गरी १५ जिल्लामा सो कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
रविना चौधरी
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…