स्वास्थ्यकर्मीको अभावका कारण सेवा प्रवाहमा समस्या
दरवन्दी अनुसार स्वास्थ्यककर्मी नहुँदा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यसेवा प्रवाहमा समस्या देखिएको छ । रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अधिकांश स्वास्थ्य संस्थाहरूमा यस्तो समस्या देखिएको हो ।
जिल्लामा एउटा अस्पताल, तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ५३ गाविस र दुई नगरपालिकाका साविककै १० गाविस गरि ६३ ओटै गाविसमा स्वास्थ्य चौकी रहेका छन् । स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा दुरदराजका नागरिक स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र चिकित्सकसहित १ सय ४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ । जिल्ला अस्पतालमा चिकित्सकसहित ११ दरबन्दी रिक्त रहेका छन् ।
त्यस्तै जिल्लाभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा ११ दरबन्दी रिक्त छन् भने स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी १ सय ५० भन्दा बढी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको कूल ३ सय ८७ दरबन्दीमध्ये १ सय ७० भन्दा बढी दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए ।
दरबन्दी रिक्त रहेका स्वास्थ्यकर्मीमध्ये हेल्थ असिष्टेण्ट ६६ जना, अनमी ७७ जना, अहेव ५० जना, स्टाफ नर्स चार जना र ल्याब असिस्टेन्ट तीन जनाको पद रिक्त रहेको उल्लेख गरिएको छ ।
भोजपुर सदरमुकाममा रहेको जिल्ला अस्पताल ५० शैयाको निर्माणाधीन अवस्थामा छ । भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि हाल अस्थायी रुपमा १६ शैयामा सञ्चालन हुँदै आएको छ ।
बिरामीको चापले गर्दा बेड सङ्ख्या पर्याप्त नहुँदा भुइँमा राखेर उपचार गरिरहनु परेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर नवलकिशोर झाले बताए ।
स्वास्थ्य विभाग र क्षेत्रले जिल्लाको रायविना सरुवा गरेको कारण समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए । सरुवा भएपनि त्यस ठाउँमा तत्काल पठाए समस्याको समाधान हुने उनको तर्क छ ।
किरण राई
सम्बन्धित समाचारहरू
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…
गालीगलौज घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका ४० वर्षीय नरप्रसाद सञ्ज्यालविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ मोतिपुरका २४ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० असोज १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित…