स्वाथ्य संस्थामा स्वास्थ्यकर्मी नआएपछि स्थानीयबासीद्वारा तालाबन्दी
खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् ।
खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको टाउकोमा चोट लागेर तीन ओटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्वास्थ्य कार्यालयमा कर्मचारी नआएपछि सो स्वास्थ्य चौकीमा कात्तिक १४ गतेबाट ताला लगाइएको स्थानीयबासी कमल शाहीले बताए ।
विगत एक महिनादेखि स्वास्थ्य चौकीका प्रमुख कर्णजीत शाही नआएपछि उक्त स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । अहिले उक्त स्वास्थ्य चौकीमा सिटामोल बाहेक अरु कुनै औषधि नभएको स्थानीयबासी कमल शाहीले बताए ।
शाहीका अनुसार स्वास्थ्य चौकीमा दैनिक १५ देखि २५ जना बिरामी उपचार गर्न जाने गरेको भए पनि औषधि र स्वास्थ्यकर्मी नभएपछि रित्तो हात घर र्फकन बाध्य भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हरिभक्त शाहीले स्वास्थ्य चौकीमा औषधि पठाएको प्रतिकृया दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…