स्वस्थ्यचौकी नहुँदा जडिबुटीको भर !
साइपाल गाउँपालिका–५ न्युनामा स्वास्थ्यचौकी नभएका कारण यस वाडाका स्थानीय स्वास्थ्य चेकजाँचबाट वञ्चित हुँदै आएका छन् । जसका कारण उनीहरूले जटिल स्वास्थ्य समस्या खेप्नु परेको छ ।
स्थानीयलाई काँडा स्वास्थ्यचौकी पुग्न तीन/चार घण्टाभन्दा बढी समय लाग्ने भएका कारण यस वाडाका बिमारीहरू स्वास्थ्य संस्थामा नगएर जडीबुटीकै भरमा उपचार गराउने गरेका कारण समस्यामा पर्दै आएका छन् ।
नजिक स्वास्थ्य संस्था नहुँदा वाध्य भएर आफूले गाउँघरमा पाइने जडीबुटीबाटै औँलाको उपचार गराउँदै आएको भए पनी सन्चो नभएका कारण औँलामा सङ्क्रमण भएको साइपाल गाउँपालिका–५ न्युनाकी दुधकलादेवी बोहराले गुनासो पोखिन् ।
बोहराले भनिन्–‘जडीबुटीले हातमा लागेको चोट निको नभएपछि एक महिनापछि मात्रै बाध्य भएर म चार घण्टा हिँडेर स्वास्थ्य चौकीमा उपचार गर्न आए । तर, ढिलो भएका कारण मेरो औँलामा सङ्क्रमण भएकाले उपचार गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वस्थ्यचौकी टाढा भएका कारण जटिल स्वास्थ्य समस्या भएकाहरू समेत जडिबुटी गरेर नै चित्त बुझाएर घरमै बस्न बाध्य छन् ।’
वाडा नम्बर–५ न्युनामा स्वास्थ्यचौकी नभएको र नजिकको स्वास्थ्य संस्थामा पुग्न तीन/चार घण्टा जङ्गलको बाटो हिँड्नु पर्ने भएकोले स्थानीयले सास्ती खेप्नुपरेको महिला स्वास्थ्य स्वयम्सेविका दीपा बोहराले बताइन् ।
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले साइपाल गाउँपालिका–५ न्युनाका स्थानीयहरूका लागि स्वास्थ्यचौकी टाढा पर्ने भएकोले स्वास्थ्य एकाई गाउँमै स्थापना गरी एक जना अहेव र अनमीको दरवन्दी सहित स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जोहर गरेका छन् ।
रमेश केसी
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…