स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ बरामद

  ०७९ मङ्सिर ३ गते

महोत्तरी निर्वाचन क्षेत्र नं. १ ’ख’ का स्वतन्त्र उम्मेदवार बिष्णुबहादुर योन्जन चढेको गाडिबाट १ लाख ५० हजार रुपियाँ रकम बर्दिवास नपा–११ स्थित खयरमाराको पाँचे टोलबाट बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय एसपी कृष्ण पंगेनिले मङ्सिर २ गते साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडिबाट उक्त रकम फेला पारिएको जानकारी दिनु भयो ।

महोत्तरी क्षेत्र नं १ ख का स्वतन्त्र उम्मेदवार योन्जनले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि सो रकम बरामद गरिएको एसपी पंगेनिले बताउनु भयो ।

बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा आफ्ना कार्यकर्ता समर्थक सहितका ब्यक्तिहरुलाई लिएर हिडेका योन्जन सहितका ब्यक्तिलाई प्रहरीले मङ्सिर ३ गते स्पष्टिकरण सोध्ने गरि छाडेको महोत्तरी क्षेत्र नं. १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनु भयो ।

चित्त बुझ्दो जवाफ नआएमा २५ हजार रुपियाँसम्म जरिवाना गर्न सकिने श्रेष्ठले बताउनु भयो । पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


अजयकुमार साह