स्वतन्त्र उम्मेदवारका घरपरिवारबाट मतदाता कुटिए
छाँयानाथ रारा नगरपालिका–१० का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार ४३ वर्षीया नानी बुढा, उनका पति ४७ वर्षीय रामबहादुर बुढा, उनका छोरा बिनोद बुढा, पवन बुढा र छोरी ज्वाई हिक्मत सेजुवालले भारतबाट मतदान गर्न घर आएका २८ वर्षीय सन्तोष बुढालाई वैशाख २८ गते राति कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
मतदान गर्ने दुई दिनअघि पीडित भारतबाट घर पुगेका थिए । पीडित बुढा वैशाख २८ गते राति १० बजे आफ्नो दिदीलाई भेट्न घरबाट बाहिर आउँदै गर्दा आफनै घरआगनमा स्वतन्त्र उम्मेदवार बुढाका पति र छोराले बिनाकारण कुटपिट गरेका पीडित बुढाले जानकारी दिनु भयो । बाबु र आमाले समात्ने छोरा र ज्वाईले हात भएको माउजर (चुच्चो परेको औठी) ले टाउको र पिठयुमा पिटेको पीडितको आरोप छ ।
कुटपिटपछि घाइते भएका बुढालाई राति २ बजे उपचारकालागि जिल्ला अस्पताल ठिनीमा आफन्तले पु¥याएका थिए । पीडितको जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको ढाड र शरीरको विभिन्न भागमा पिटेका डाम देखिएको उपचारमा संलग्न डा. कर्णराज भामले बताउनु भयो ।
घटनामा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको मागगर्दै पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय, मुगुमा उजुरी दिएका छन् ।
पीडितको घाउजाँच गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी सुभाष हमालले बताउनु भएको छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…