स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न
इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि कात्तिक २९ गते तनहुँका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ, भयरहित र निश्पक्ष बनाउन पत्रकारहरूको ठूलो भूमिका रहने बताउनु भयो । उहाँले निर्वाचन आचार संहिता उल्लङ्घनका घटनालाई पत्रकारहरूले उजागर गर्नु पर्ने भन्दै पत्रकारहरूले सही र सत्य समाचार लेखेमा निर्वाचन निश्पक्ष र भयरहित हुने बताउनु भयो ।
संयोजक खकुरेलले इन्सेकले जिल्लामा गरेको निर्वाचन अनुगमनको क्रममा पाइएको तथ्यहरू सो अवसरमा जानकारी गराउनु भएको थियो ।
नेपाल पत्रकार महासङ्घ गन्डकी प्रदेश समितिकी उपाध्यक्ष सोनी शर्माले पत्रकारहरूसँधै सत्यको बाटोमा हिड्ने हुँदा निर्वाचनको यो महाअभियानलाई सम्पन्न गर्न पनि पत्रकारहरूले सँधै निश्पक्ष भएर कलम चलाउने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले इन्सेकसँग सहकार्य गरी निश्पक्ष निर्वाचन अभियानमा हातेमालो गरिएको बताउनु भयो ।
इन्सेक प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा र इन्सेक प्रतिनिधिले पनि स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि सञ्चारकर्मीको भूमिकाको बारेमा आआफ्नो भनाई राख्नु भएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा एक जोडीको बालविवाह रोकियो
जुम्लामा एक जोडीको बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…