स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सञ्चार क्षेत्र गम्भीर हुनु पर्नेमा जोड

  ०७९ मङ्सिर १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा कात्तिक २९ गते वीरगंजमा आयोजित कार्यक्रमका सहभागीहरुले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सञ्चार क्षेत्र गम्भिर हुन पर्नेमा जोड दिएका छन् ।

इन्सेक मधेस प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारले निर्वाचनमा पत्रकार आचार संहिता सँगै निर्वाचन आचार संहिता पालना गरेर अरुलाई पनि निर्वाचन आचारसंहिता पालना गर्नका लागि दवाव दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अकोराबका पूर्व महासचिव एवं नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारले समाचार लेख्दा जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

राज्यले नियुक्त गरेका कर्मचारीले नै निर्वाचन गराउने हुँदा उनीहरुबाट निर्वाचन विरोधी गतिविधि हुन सक्ने प्रति सञ्चारकर्मी चनाखो हुनुपर्ने उहाँले जोड दिनु भयो ।

निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी हुन नसकेको बताउनु हुँदै देवकोटाले सञ्चारमाध्यमले खबरदारी गर्नुपर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघका मधेस प्रदेशका महासचिव श्याम बन्जाराले निर्वाचन जनताले सार्वभौम अधिकार प्रयोग गरेर जनप्रतिनिधि चुन्ने माध्यम भएकोले निष्पक्ष र भयहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिनु भयो ।

उहाँले पत्रकारले चाहेको उम्मेदवारलाई समाचारमै जिताउनु गलत भएको बताउनु भयो । विचार शुन्य कोहि नहुने बताउँदै बन्जराले कलम चालउँदा निष्पक्ष हुनुपर्नेमा जोड दिनु भयो ।

इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले निर्वाचनमा देखिएको कमीकमजोरी लेखेर सरोकारवाला निकायलाई औँल्याइदिनु पर्नेमा जोड दिनु भयो ।

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विगतको भन्दा अहिले निर्वाचन आचार संहिता उल्लङ्घनमा केहि कमी आएको इन्सेक प्रदेश संयोजक पासवानले उल्लेख गर्नु हुँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वाताबरणमा सम्पन्न गराउन सञ्चार क्षेत्र लगायत सरोकारवाला निकायको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य लक्ष्मी खरेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले मन्तब्य ब्यक्त राख्नु भएको थियो ।

photo20221117parsa (1)

photo20221117parsa (2)

photo20221117parsa (3)


कृष्णचन्द्र लामिछाने